काठमाडौँ, साउन १७ गते । प्राइम कमर्सियल बैङ्क लिमिटेडले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि
संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताका लागि लक्षित गरी सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ । ग्राहकले यी मुद्दती खातामा जम्मा गरेको रकम २१ वर्ष सात महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना सात दिन
(प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष छ महिना तीन दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता)सम्ममा १० गुणा बढी पाइने बैङ्कले जनाएको छ ।