नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी : नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले मङ्गलवार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भएको हो ।
एनआईसीको केवाईसी सेवा सुरु
एनआईसी एसिया बैङ्कले भिडियो ग्राहक पहिचान फाराम (केवाईसी) सेवा दिन सुरु गरेको छ । ‘डिजिटल फस्ट बैङ्क’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैङ्किङ सेवा तथा सुविधा क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको यो बैङ्कले ग्राहक पहिचानसम्बन्धी विवरण सङ्कलन तथा अद्यावधिक गर्न सकिने सो सेवाको शुभारम्भ गरेको हो । बैङ्कमा अनलाइन खाता खोल्ने स्वदेश वा विदेशमा रहेका ग्राहकले ग्राहक पहिचानसम्बन्धी विवरण बैङ्कलाई सहज रूपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
नयाँ नोट सटही भदौको अन्तिम साताबाट
राष्ट्र बैंकले यस वर्षको दसैं, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।
केन्द्रीय बैंकले दुई अर्ब बराबरको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।
इन्नोभेसनमा सनराइज अगाडि
सनराइज बैङ्कले भिसा इन्टरनेसनलबाट ‘एक्सलेन्स इन प्रोडक्ट इन्नोभेसन, २०२२’ प्राप्त गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बैङ्कका नायब महाप्रबन्धक रविनकुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । सनराइज बैङ्कले सहकारी सदस्यलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नवीनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको सो बैङ्कले जनाएको छ । बैङ्कले समयसापेक्ष रूपमा प्रविधियुक्त सेवा सुविधासमेत दिँदै आएको छ, जसमा कार्डलेस विथड्रल ट्याप एन्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, अनलाइन खाता खोल्नेजस्ता छन् ।
बीमाको पहुँच गाउँ–गाउँमा पुर्याउनुहोस्: अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले बीमाको पहुँच पु¥याउन बीमा समितिलाई निर्देशन दिनुभएको छ । बीमा समितिको कर्णाली प्रादेशिक कार्यालयको बिहीबार सुर्खेतमा उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभयो ।
सुदूरपश्चिम सरकारले यस वर्ष चार हजारलाई विना धितो कर्जा दिँदै
सुदूरपश्चिम सरकारको प्रदेश स्वरोजगार कोषले चालु आर्थिक वर्ष २०७९/८० मा चार हजार युवालाई सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरी व्यवसायी बनाउने भएको छ । प्रदेश स्वरोजगार कोषले धनगढीमा पत्रकारसँग गरेकोे अर्न्तक्रियामा ‘सरकारको मुख्य ध्यानः घरघरमा स्वरोजगार अभियान’ अन्तर्गत पाँचसय जनालाई सीपमूलक तालिम तथा चार हजार जनालाई सहकारीमार्फत सहुलियत ब्याजदरमा कर्जा प्रवाह गरिन लागेको जानकारी गराएको हो ।
डलर कर्जा ल्याउने सम्झौता
एनएमबी बैङ्क र ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बीच अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउनेबारे सम्झौता भएको छ । सो सम्झौताबमोजिम एनएमबी बैङ्कले बीआईआईबाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा पाउने छ । आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्ने एनएमबी बैङ्कले जनाएको छ ।
विश्व बैंकले १२ अर्ब ७५ करोड बराबरको सहुलियतपूर्ण ऋण दिने
विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपियाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।