काठमाडौँ, भदौ १७ गते । सनराइज बैङ्कले भिसा इन्टरनेसनलबाट ‘एक्सलेन्स इन प्रोडक्ट इन्नोभेसन, २०२२’ प्राप्त गरेको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बैङ्कका नायब महाप्रबन्धक रविनकुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । सनराइज बैङ्कले सहकारी सदस्यलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नवीनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको सो बैङ्कले जनाएको छ । बैङ्कले समयसापेक्ष रूपमा प्रविधियुक्त सेवा सुविधासमेत दिँदै आएको छ, जसमा कार्डलेस विथड्रल ट्याप एन्ड पे, आफ्नै फोटो राख्ने डेबिट कार्ड, अनलाइन खाता खोल्नेजस्ता छन् ।