रजत जयन्ती मनाउँदै एनआईसी
२५औँ वर्षमा प्रवेश गरेको अवसरमा एनआईसी एसिया बैङ्कले विभिन्न कार्यक्रम गरी रजत जयन्ती मनाउने भएको छ । बैङ्कले यस २५ वर्षको यात्रामा आफ्ना सेयरधनीका लागि आव २०५६/५७ मा एक कित्ता बराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनी महानुभावको हालसम्म आइपुग्दा उक्त सेयर सङ्ख्या १३.१२ कित्ता पुगेको छ, जसको प्रतिफल आजको बजार मूल्यमा ९,५२०.९७ रुपियाँ बराबर रहेको बैङ्कका प्रमुख सूचना अधिकारी सुधीरनाथ पाण्डेले जानकारी दिनुभयो ।
नेपाल बैङ्क र नेपाल रेमिटबीच सम्झौता
नेपाल बैङ्क र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा नेपाल बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाल रेमिटका अध्यक्ष रितेश मित्तलले हस्ताक्षर गर्नुभएको हो । नेपाल रेमिटमार्फत आएको रेमिट्यान्स नेपाल बैङ्कको शाखा, एक्सटेन्सन काउन्टर तथा बैङ्कका सबएजेन्टले भुक्तानी गर्ने सम्झौता भएको छ ।
एटिएम मेसिन फोरेर १५ लाख चोरी
पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ। पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ।
ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज
ताप्लेजुङबाट गत आर्थिक वर्षमासाढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको अर्थात फ्रिज भएको हो ।
भन्सार राजस्व सङ्कलनमा कमी
आयातमा कडाइ गरिएसँगै भन्सार राजस्व सङ्कलन प्रभावित भएको छ । आयात उच्च दरमा वृद्धिसँगै व्यापार घाटा बढेपछि नेपाल राष्ट्र बैङ्कले केही वस्तुको प्रतीतपत्र खोल्दा राख्नुपर्ने मार्जिन बढाएको थियो । यसैगरी गत वैशाख दोस्रो सातादेखि
विदेश भ्रमणमा जानेलाई २०० अमेरिकी डलरको मात्रै सटही सुविधा
नेपाल राष्ट्र बैंकले बुधबार एक निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्मको सटही सुविधा प्रधान गर्ने व्यवस्था गरेको छ ।
नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर
नेपाल बैङ्क लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो ।
ग्लोबल आईएमईको लन्डनमा अन्तक्र्रिया
विदेशी मुद्रामा नेपाली बैङ्कमा खाता खोल्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै ग्लोबल आईएमई बैङ्कले बेलायतको लन्डनमा बृहत् अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आईएमई बैङ्क लिमिटेडको संयुक्त अधि
ग्लोबल आईएमईलाई अवार्ड
ग्लोबल आईएमई बैङ्क लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ बेस्ट बैङ्क नेपाल २०२२’ बाट सम्मानित भएको छ ।बुधबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रममा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले उक्त अवार्ड ग्रहण गर्नुभएको हो । सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो ।