आँखा अस्पताललाई सहयोग
सिद्धार्थ बैङ्क लिमिटेडले त्रिपुुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार २५० रुपियाँ सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो । बैङ्कका तर्फबाट अजयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।
हिमालयनमा गाभिने भयो सिभिल बैङ्क
हिमालयन बैङ्क लिमिटेडले सिभिल बैङ्क लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैङ्कका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैङ्कका अध्यक्ष प्रतापजङ्ग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुवै बैङ्कबीच भएको समझदारीअनुसार हिमालयन बैङ्कले अब सिभिल बैङ्कको सेयर प्रतिकित्ता ८१ रुपियाँका आधारमा कारोबार गर्नेछ ।
एकीकृत कारोबार सुरु
गोरखापत्र समाचारदाताकाठमाडौँ, असार २८ गते । नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरेपछि सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । मर्जपछि ‘नबिल बैङ्क लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो ।‘क’ वर्गको इजाजतप्राप्त नबिल बैङ्कले नेपाल राष्ट्र बैङ्कको अनुमतिबाट नेपाल बङ्गलादेश (एनबी) बैङ्कलाई प्राप्ति गरेको हो । प्राप्तिसँगै अब नेपाल बङ्गलादेश बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्वको जिम्मेवारी नबिल बैङ्कले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वित्तीय संस्था भएको छ । समग्र बैङ्किङ प्रणालीको आवश्यकतालाई ध्यानमा राखी सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यो कदम चालेको बैङ्कका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताउनुभएको छ ।
सनराइज बैंकद्वारा चुरे र बिर्तामोडमा निशुल्क आँखा शिविर संचालन
सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको चुरे गाउँपालिकामा निशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको छ । बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योतीसंघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा सामेबार चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निशुल्क आँखा चेकजाँच शिविर गरिएको हो ।
बैंकमा कर्मचारी अभावले सर्वसाधरणलाई सास्ती
पाल्पाको सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा प्रयाप्त कर्मचारी नहुदा सर्वसाधरणले सास्ती खेप्नु परेको छ । चेक साट्ने, भौचर भर्ने, पेन्सन बुझ्ने ,खाता खोल्ने जस्ता काम काजका लागि बैंकमा पुग्ने सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकेको गुनासो गरेका छन् ।
एउटै व्यापारिक घरानाले बैंकिङ कर्जा सुविधा लिँदा अर्थतन्त्रमा जोखिम : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षमा पनि मूल्यवृद्धि लक्ष्यभन्दा माथि नै हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीतिसम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
अर्थतन्त्र ट्र्याकमा आउँछ भने सहनुपर्छ : गभर्नर
नेपाल राष्ट्र बैङ्कले कसिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिरहेका बेला निजी क्षेत्रले भने यसलाई केही विस्तारकारी बनाउने प्रयास निरन्तर गरिरहेका छन् । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न सार्वजनिक कार्यक्रममा अर्थतन्त्रको वर्तमान जटिलता समाधान गर्नेगरी मौद्रिक नीति आउने बताउँदै गर्दा निजी क्षेत्र भने केही सहुलियत जोगाउने अपेक्षामा देखिएका छन् ।
मुलुकको अर्थतन्त्रको माग अनुसार मौद्रित नीति आउँछ : गभर्नर अधिकारी
काठमाडौं, असार २६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गर्नुभएको छ। आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले त्यस्तो बताउनुभएको हो। उहाँले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र बाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताउनुभयो। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको माग भन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरेर मौद्रिक नीति ल्याउनुपर्ने बताउनुभयो। उहाँले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्नेगरी मौद्रिक नीति आउने स्पष्ट पार्नुभयो। गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सूक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको बताउनुभयो। उहाँले निजी क्षेत्रले व्यवसाय सहज हुनेगरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वभाविक रुपमा लिएको बताउनुभयो। उहाँले भन्नुभयो,‘‘अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुनसक्छ। एउटा रेगुलेटर भएको हिसाबले सहनुपर्ने हुनसक्छ। बैंकका ग्राहक निजी क्षेत्रले सहनुपर्ने हुनसक्छ।’’ गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजश्व संकलन नहुने, व्यवसायी मार्कामा पर्ने संकेत गर्नुभयो। उहाँले महासंघले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जनाउनु भयो।‘‘समय र अर्थतन्त्रको माग के हो ? त्यो अनुसारको पोलिसी आउने हो। गभर्नर महाप्रसाद अधिकारलाई के लाग्छ दिमागमा त्यो पोलिसी आउने होइन। निजी क्षेत्रले के माग गर्नुहुन्छ त्यो आउने होइन। पोलिसीमा राष्ट्र बैंक स्पष्ट छ। हाम्रो टेक्नीकल टिमले काम गरिरहेको छ’’, गभरर्नर अधिकारीले भन्नुभयो, ‘‘अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति लिएर आउँछौं। त्यो ल्याउँदा कुनैपनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यो कसरी सम्बोधन गर्ने छलफल भइरहेको छ। हामी एक खालको चुनौतीपूर्ण अवस्थामा छौं। समस्या समाधानको लागि सरकार, राष्ट्र र निजी क्षेत्रबाट भइरहेका छन्। निजी क्षेत्रले सरकारले आफ्नो अनकुलको नीति ल्याइदिए हुन्थ्यो भन्नु स्वाभाविक हो।’’गभर्नर अधिकारीले अर्थतन्त्रमा स्थयित्व हुनुपर्ने उल्लेख गर्दै स्थयित्व कायम गरेर सबै क्षेत्रलाई समेट्ने मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाउनु भयो।
बीमा रकम भुक्तानी
एनआईसी एसिया बैङ्कले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैङ्कमा बचत खाता खोलेका ग्राहकलाई ३० लाख रुपियाँ बीमा रकम भुक्तानी गरेको छ । बैङ्कले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैङ्कमा बचत खाता खोलेका तीन जना ग्राहकलाई घातक रोगको बीमाबापत प्रतिव्यक्ति १० लाख रुपियाँको दरले कुल ३० लाख रुपियाँ बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नेमा हरिन्द्र साह तेली, प्रचण्डजङ्ग शाह र सञ्जित तामाङ रहेको बैङ्कले जनाएको छ ।