• ७ जेठ २०८१, सोमबार

सोमबारदेखि एकीकृत कारोबार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते । नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी आगामी सोमबारदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । एकीकृत वित्तीय कारोबार सुरु गरेसँगै नेपाल बङ्गलादेश बैङ्कको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले सोमबारदेखि नबिल बैङ्कको कार्यालयका रूपमा कारोबार सञ्चालन गर्ने नबिल बैङ्कले जनाएको छ ।

दुवै बैङ्कको सम्पूर्ण तथ्याङ्कलाई एकल बैङ्किङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि शुक्रबार कार्यालय समयपछि सोमबार बिहान कार्यालय समय अगाडिसम्म नबिल बैङ्कका सम्पूर्ण बैङ्किङ सेवा तथा कारोबार तथा शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य बैङ्किङ सेवा बन्द रहने बैङ्कले जनाएको छ । उक्त समयमा नबिल बैङ्कको क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने तथा बङ्गलादेश बैङ्कमा भने सो अवधिमा सम्पूर्ण बैङ्किङ सेवा तथा कारोबार बन्द रहने बताइएको छ ।