लाजिम्पाटमा मेगा बैंकको नयाँ शाखा
मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा सोमबार नयाँ शाखा विस्तार गरेको छ ।
सनराइजको कस्टमाइज कार्ड
सनराइज बैङ्कले कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैङ्कले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरी कार्डको शुभारम्भ गरेको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको कार्यक्रममा कस्टमाइज फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गर्नुभएको होे ।
कसिलो मौद्रिक नीति अहिलेको बाध्यता
मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले नेपाल राष्ट्र बैङ्क आगामी आर्थिक वर्षका लागि कसिलो मौद्रिक नीति ल्याउनुपर्ने अवस्थामा रहेकोे छ । कोरोना महामारीका कारण थलिएको उद्यम व्यवसायदेखि शिथिल अर्थतन्त्रमा गतिशीलता ल्याउन राष्ट्र बैङ्कले अघिल्ला दुई आर्थिक वर्षका मौद्रिक नीति केही खुकुलो र विस्तारकारी बनाएको थियो तर अहिले मूल्य वृद्धि, विदेशी मुद्रा सञ्चतिको दबाब र तरलता अभावको स्थितिमा अर्थतन्त्र बाँधिएकाले कसिलो प्रकृतिको मौद्रिक नीति ल्याउनुपर्ने बाध्यता रहेको विज्ञहरूको मत छ ।
एनआइसी एसिया बैंकमा चोरी
स्मृति मिश्र महेन्द्रनगर, असार १९ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा रहेको एनआइसी एसिया बैंकमा शनिबार राति चोरी भएको छ । बैंकको पछाडि रहेको झ्याल फोडेर चोरी गरिएको शाखा प्रमुख रोशन रायले बताउनुभएको छ । बैंक म्यानेजर रायका अनुसार आज बिहान बैंकको ब्रान्डाको बत्ती नबलेको देखेर सुरक्षा गार्डले आइतबार बिहान थाहा पाएपछि आफूलाई जानकारी गराएको उहाँले जानकारी दिनुभयो । ‘चोरी घटनाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जानकारी गराएको छ । बैंकभित्र रहेको जिन्सी सामानहरु चोरी भएको र बैंकको भित्र लकर तोड्न प्रयास गरिएको छ ।’ शाखा प्रमुख रायले जानकारी दिनुभयो । बैंकमा चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।
नेपालटारमा सानिमा बैङ्क
सानिमा बैङ्क लिमिटेडले तारकेश्वर नगरपालिकाको नेपालटारमा नयाँ शाखा स्थापना गरेको छ । नयाँ शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र बैङ्कका सञ्चालक गायत्री थापाले संयुक्त रुपमा गर्नुभयो ।
महालक्ष्मीले ग-यो खानेपानी व्यवस्थापन
महालक्ष्मी विकास बैङ्क लिमिटेडको भक्तपुर शाखाले चाँगुनारायण नगरपालिकामा रहेको श्री चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ ।
नबिलको किसान र उद्यमशील कर्जा
नबिल बैङ्कले ‘नबिल दिगो बैङ्किङ’अन्तर्गत वित्तीय पहुँच न्यून भएका आमजनतालाई लक्षित गर्दै ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ । १७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जाअन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड रुपियाँ कर्जा प्रवाह भएको र तीमध्ये करिब छ हजार महिला रहेको बैङ्कले जानकारी दिएको छ ।
सतहत्तरै जिल्लामा ग्लोबल आईएमई
ग्लोबल आईएमई बैङ्क लिमिटेडले कर्णाली प्रदेशको डोल्पाको दुनै बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुनैमा नयाँ शाखा स्थापनासँगै बैङ्कको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैङ्क बनेको दाबी सो बैङ्कले गरेको छ ।
एकीकृत कारोबार सुरु हुने
नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट नबिल र एनबी बैङ्कलाई गाभ्न÷गाभिनका लागि अन्तिम स्वीकृति प्राप्त भएकाले बैङ्क थप प्रक्रियाका लागि अगाडि बढेको नबिल बैङ्कका उपमहाप्रबन्धक मनोज ज्ञवालीले जानकारी दिनुभयो ।