मुद्दतीमा लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।
सम्पत्ति शुद्धीकरणबारे कार्यक्रम बनाउन निर्देशन
अबदेखि भुक्तानी सेवा प्रदायकले सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा लगानी रोक्ने कार्यक्रम वार्षिक बजेटमा समावेश गर्नुपर्ने भएको छ ।नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसारले भुक्तानी सेवा प्रदायकले जोखिमका आधारमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्ब
१७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट (पूर्णपाठ)
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो ।
आन्तरिक क्षेत्रमा सुधार
आर्थिक गतिविधि विस्तार भएसँगै आन्तरिक रूपमा बढेको मागले आयात बढ्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ । कोभिड–१९ को असर न्यून भएसँगै आयात बढ्दा मुलुकको शोधनान्तर र चालू खाता उच्च रूपले घाटामा रहेको छ ।
अझै कसिलो बन्ने सङ्केत
नेपाल राष्ट्र बैङ्कले विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैङ्क दर र पुनर्कर्जा दरलाई यथावत् राख्दै चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत् रहेकाले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ । मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ ।
नेपाल राष्ट्र बैङ्कको सञ्चालकमा सिवाकोटी र आचार्य
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिका सदस्य चिन्तामणि सिवाकोटी र डा. शङ्करप्रसाद आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नेपाल बैंकको एकै दिन चार शाखाको उद्घाटन
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज एकैदिन चार वटा नयाँ शाखा स्थापना गरी कारोबार शूभारम्भ गरेको छ ।
सिद्धार्थ बैङ्कलाई सम्मान
सिद्धार्थ बैङ्क लिमिटेड ‘वेस्ट अपरेटर्स बैङ्क इन साउथ एसिया २०२१’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैङ्क समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)द्वारा आयोजित १०औँ ग्लोबल ट्रेड अवार्डमा बैङ्कले सो उपाधि प्राप्त गरेको हो ।आईएफसीको ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गत पाँच सय साझेदार बैङ्कको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधामा ४८ विजेता छनोट गरिएकामा सिद्धार्थ बैङ्कले सो अवार्ड प्राप्त गरेको हो ।
फाइनान्स कम्पनीको नाफामा कमी
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्स कम्पनीको नाफा आर्जन झन्डै ४० प्रतिशतले खुम्चिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १५ वटा फाइनान्स कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरणअनुसार अघिल्लो वर्षको सोही वर्षको तुलनामा नाफा खुम्चिएको हो ।