• २७ वैशाख २०८१, बिहिबार

नेपाल राष्ट्र बैङ्कको सञ्चालकमा सिवाकोटी र आचार्य

blog

 गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १३ गते । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिका सदस्य चिन्तामणि सिवाकोटी र डा. शङ्करप्रसाद आचार्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले उहाँहरूलाई शपथग्रहण गराउनुभएको हो । 

मन्त्रिपरिषद्को जेठ ६ गतेको बैठकले सिवाकोटी र आचार्यलाई बैङ्क सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो । सिवाकोटी नेपाल राष्ट्र बैङ्कका पूर्वडेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुनुहुन्छ ।