• २७ वैशाख २०८१, बिहिबार

मुद्दतीमा लगानी गर्दै राष्ट्र बैङ्क

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १७ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।

वाणिज्य बैङ्कमा एक अर्ब २० करोड रुपियाँ, विकास बैङ्कमा २२ करोड ५० लाख रुपियाँ र वित्त कम्पनीमा सात करोड ५० लाख रुपियाँ गरी कुल एक अर्ब ५० करोड रुपियाँ लगानी गर्न लागेको राष्ट्र बैङ्कले जनाएको छ । लगानीका हिसाबले वाणिज्य बैङ्कमा ८० प्रतिशत, विकास बैङ्कमा १५ प्रतिशत र वित्त कम्पनीमा पाँच प्रतिशत लगानी गर्न लागिएको हो ।