• २६ वैशाख २०८१, बुधबार

अलपत्र खानेपानी आयोजना सञ्चालनमा आउने

blog

खानेपानी आयोजनाको स्थलगत निरीक्षण गापा गर्नुहुँदै अध्यक्ष विद्यानन्द चौधरीसहितको टोली । तस्बिर : देवरामप्रसाद यादव

देवरामप्रसाद यादव
सप्तरी, वैशाख १५ गते । 
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडास्थित अलपत्र खानेपानी आयोजना सञ्चालनमा आउने भएको छ ।

उक्त आयोजनाको उपभोक्ता समिति र खानेपानी कार्यालयले २३ वर्ष अघि निर्माण थालिएर अलपत्र अवस्थामा छाडेको कारण सञ्चालनमा आउन सकेको थिएन ।

यसलाई सञ्चालनमा ल्याउन गम्भीरता नदेखाएपछि छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले शीघ्र सञ्चालनमा ल्याउन सक्रियता देखाएका छन् ।

खानेपानी आयोजनालाई सुचारु गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको डेढ करोड रुपियाँको लागतमा काम सुरु गरिएको अध्यक्ष चौधरीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो  ।

उहाँले उपभोक्ता समिति तथा खानेपानी कार्यालयलाई पटकपटक ताकेता गरेपनि गम्भीरता नदेखाएपछि वैकल्पिक बाटो खोजेको बताउनुहुँदै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी साझेदारीमा काम सुरु गरिसकेका बताउनुभयो । 

उहाँले प्रवर्द्धन केन्द्रको प्राविधिकसहितको निर्माण टोलीले स्थलगत डाटा सङ्कलन, पाइपिङ लाइनिङसहितको काम सुरु गरिसकेको बताउनुभयो ।

गापा अध्यक्ष चौधरीका अनुसार पहिलो चरणमा सखडाका व्यापारी, स्थानीय सरकारी कार्यालय, प्रहरी चौकी र सखडा टोलको स्थानीयवासीहरुको घरमा पानी पुर्‍याउने योजना रहेको बताउनुभयो ।