• ७ जेठ २०८१, सोमबार

सनराइजको कस्टमाइज कार्ड

blog

 काठमाडौँ, असार२० गते । सनराइज बैङ्कले कस्टमाइज फोटो कार्डको सुरुवात गरेको छ । बैङ्कले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टमाइज कार्ड हस्तान्तरण गरी कार्डको शुभारम्भ गरेको छ ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको कार्यक्रममा कस्टमाइज फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गर्नुभएको होे ।

आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्ना रमाइला पलहरूको फोटो, आफ्ना परिवार तथा महŒवपूर्ण क्षणका सम्झना तथा आफ्ना सिर्जनाहरूलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रविधिमा कार्डको अग्रभागमा फोटो प्रिन्ट गर्न सकिने सुविधा भएको कम्पनीले जनाएको छ ।