• ७ जेठ २०८१, सोमबार

नबिलको किसान र उद्यमशील कर्जा

blog

काठमाडौँ असार १७ गते  । नबिल बैङ्कले ‘नबिल दिगो बैङ्किङ’अन्तर्गत वित्तीय पहुँच न्यून भएका आमजनतालाई लक्षित गर्दै ‘नबिल किसान कर्जा’ र ‘नबिल उद्यमशील कर्जा’ ल्याएको छ ।

१७ दुर्गम शाखाबाट सुरु गरेको यस कर्जाअन्तर्गत २०७९ जेठ मसान्तसम्म कुल ५७१ किसान तथा साना उद्यमीलाई करिब ४१ करोड रुपियाँ कर्जा प्रवाह भएको र तीमध्ये करिब छ हजार महिला रहेको बैङ्कले जानकारी दिएको छ । 

बैङ्कले व्यावसायिक संस्थाहरूलाई कर्जा प्रदान गर्ने बखत वातावरणीय र सामाजिक जोखिमलाई ध्यानमा राखी ‘ईएसआरएम’ गाइड लाइनअन्तर्गत मात्र कर्जा प्रदान गर्ने व्यवस्था रहेको छ ।