• ७ जेठ २०८१, सोमबार

बीमा रकम भुक्तानी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २६ गते । एनआईसी एसिया बैङ्कले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैङ्कमा बचत खाता खोलेका ग्राहकलाई ३० लाख रुपियाँ बीमा रकम भुक्तानी गरेको छ । बैङ्कले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत बैङ्कमा बचत खाता खोलेका तीन जना ग्राहकलाई घातक रोगको बीमाबापत प्रतिव्यक्ति १० लाख रुपियाँको दरले कुल ३० लाख रुपियाँ बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नेमा हरिन्द्र साह तेली, प्रचण्डजङ्ग शाह र सञ्जित तामाङ रहेको बैङ्कले जनाएको छ ।

लाभदायीलाई बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रूपमा एक कार्यक्रमका बीच बीमा रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । बैङ्कले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको जनाएको छ ।