• ७ जेठ २०८१, सोमबार

हेटौँडालाई प्रकाश दाहाल स्मृति भलिबलको उपाधि

blog

उपाधि विजेता टोली ।

काठमाडौँ, वैशाख २६ गते । प्रकाश दाहाल स्मृति पहिलो बागमती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौँडा महानगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा थाहा नगरपालिकालाई २१–२५, १७–२५, २५–१६, २५–१५, १५–४ ले हरायो । 

प्रतियोगितामा महाँकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो हुनुभयो । उपाधि विजेताले तीन लाख, उपविजेताले दुई लाख तथा तेस्रो हुनेले एक रुपियाँ पुरस्कार पायो । 

थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै सुजन चोखाल उत्कृष्ट सेटर, राजन दर्लामीमगर उत्कृष्ट लिबरो घोषित हुनुभयो ।

महाँकाल गाउँपालिकाका जीवन सुनार उत्कृष्ट ब्लकर हुनुभयो । हेटौँडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक हुनुभयो । विधागत उत्कृष्ट हुनेले ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गर्नुभयो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानले  प्रतियोगिता सञ्चालन गरेको हो ।