• ७ जेठ २०८१, सोमबार

राजापुरमा एभरेस्ट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २३ गते । एभरेस्ट बैङ्क लिमिटेडले बर्दियाको राजापुरमा आफ्नो ११७औंँ शाखा  सञ्चालनमा ल्याएको छ ।  राजापुर नगरपालिकाका प्रमुख दिपेश थारू र एभरेस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बुधबार सो शाखाको संयुक्त उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राजापुर नगरपालिका–४ लाई २० थान डस्टबिन पनि हस्तान्तरण गरेको जनाइएको छ ।