जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको सन्दर्भमा शनिवार आयोजित विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतले स्व.भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) नै राष्ट्रिय राजनीतिको आधार भएको बताउनुभएको छ ।
सरकारले माछामा बढ्दो आयात प्रतिस्थापन गर्न माछामा उच्च नस्लको विकास योजना अघि सारेको छ । केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र बालाजुले छिटो बढ्ने र ग्राहकले औधी रुचाएको पङ्गासियस जातको माछाका शुद्ध नस्लका चार हजार भुरा नेपालमा आयात गरेको छ । भुरालाई माउ बनाएर देशभर वितरण गर्ने योजना केन्द्रले अघि सारेको छ ।
मधेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन र कृषकका समस्या समाधान गर्न महिला कृषक स्वयंसेविका परिचालनको योजना अघि सारेको छ । यो योजना सरकार र नागरिकबिच स्वास्थ्य सेवाको पहरेदार बनेको सफल कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका जस्तै हो ।
क्लिनिकल साइकोलोजीमा काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस गर्नुभएका ३२ वर्षीय डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कडरियासँगै अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट तीन जना डाक्टर र १३ जना इन्जिनियर विजयी बनेका छन् ।
दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ । पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ ।
पशुलाई खोले र पराल खुवाए मात्रै पुग्छ भन्ने मान्यताबाट नेपाली पशुपालक किसान अघि बढ्न नसक्दा कम लागतमा धेरै दुध र मासु उत्पादन गर्न सकिरहेका छैनन् । वर्षाको मौसममा त्यसै खेर जाने घाँसलाई सही रूपमा प्रयोग गर्न नसक्दा हिउँदमा पौष्टिक खाना पशुलाई खुवाउन नसकेर उत्पादन बढ्न सकेको छैन ।
महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य हो ।
तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रका किसानले भारत र चीनबाट आयातित वर्णशङ्कर जातको मकैमा रुचि राख्दा सरकारले विकास र सिफारिस गरेका मकैका बिउ भने ओझेलमा परेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का कृषक देउबहादुर तामाङ यो वर्ष उत्कृष्ट प्राङ्गारिक कृषि उत्पादन गर्ने कृषकका रूपमा सम्मानित हुनुभएको छ ।
यो वर्ष समयमै वर्षा भएपछि मकै छर्न थालेका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखाका किसान रासायनिक मल नपाउँदा चिन्तामा परेका छन् । नियमित तथा मौज्दात मल वितरणमै कमजोरी भएपछि यहाँ मलको हाहाकार देखिएको छ ।
लोकतन्त्र दिवस, जनताले जितेको दिन । यो दिनले युवा आन्दोलनको इतिहासलाई सम्झाउँछ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले लोकतन्त्र दिवसका अवसर पारेर हजारौँ युवाबिचमा युवा उत्सव (युथ सेलिब्रेसन) आयोजना गरेको छ । युथ सेलिब्रेसनमा सहभागी युवाले लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि आफूहरूले हासिल गरेको उपलब्धिलाई साझा गरेका छन् ।
असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासीको एक झर सिमसिमे पानीमै भागाभाग भएको छ । बर्खाभरि पनौतीमा डेरा खोजेर
विक्रम संवत् २०७२ को भूकम्पअघि भान्साकोठाको निदालभरि स्थानीय जातको काँक्रोको बिउ हुने मन्डनदेउपुर–९, काभ्रेपलाञ्चोकका राजनप्रसाद सापकोटा अहिले काँक्रो रोप्नुपर्ने बेला भएपछि बजार जानुहुन्छ । एउटा काँक्रो
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक परस्थितिको विषयमा छलफल भएको छ ।
‘हल्लाउँ हल्लाउन सकिँदैन, फुटाउँ फुटाउन सकिँदैन’ खानेपानीको ट्याङ्कीभित्र पहिरोले बगाएर ल्याएको १३ फिट लामो र आठ फिट गोलाइ भएको विशाल ढुङ्गा (घोरेढुङ्गो) छिरेपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ११ कोलभन्ज्याङका नागरिकलाई पिरलो परेको छ ।