पर्सिएको बोकोजस्तो निरीह अवस्था कसैको हुँदैन । कुश र पानी टाउको र शरीरमा छर्किएपछि त्यसले जिउ हल्लाउँदा बोकाले मानेको मानिन्छ । त्यो मान्नु भनेको बोकाले ‘काटिन तयार छु भनी मुन्टो हल्लाएको हो’ भनी मानिसले सन्देश लिन्छन् तर त्यो पशुले शरीर हल्लाएको चाहिँ शरीरमा परेको पानी हल्लाएको हो ।
जनआन्दोलन २०४६ पछिका निर्वाचनमा काठमाडौँ उपत्यकामा कम्युनिस्ट पार्टीले आफ्नो प्रभाव बढाए पनि आम निर्वाचन २०७९ को अन्तिम मत परिणामले कमजोर देखाएको छ । २०४८, २०५१, २०५६, २०६४, २०७४ को निर्वाचनमा कुनै न कुनै कम्युनिस्ट पार्टीले निर्वाचनमा बलियो प्रभाव देखाए पनि यो निर्वाचनमा कुनै पनि कम्युनिस्ट पार्टीले काठमाडौँ उपत्यकामा प्रभाव देखाउन सकेनन् ।
गठबन्धन दलको सहयोगमा प्रतिनिधि सभामा उम्मेदवार बनाएको १९ सिटमध्ये १० मा सहज विजयी बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) समानुपातिक मतमा भने थ्रेसहोल्ड कटाउन नसक्ने चिन्तामा छ । दस स्थानमा विजयी भएको सो पार्टीका नेता तथा कार्यकर्ताको गुनासो भने भिन्नै छ, “गठबन्धनमा रहेका दलले आफ्ना उम्मेदवारलाई आवश्यक परेको जति सहयोग गरेनन् ।” नेकपा (एमाले)बाट छुटेर बनेको एकीकृत समाजवादीले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सँग सहकार्य गरेर आफूलाई सम्मानजनक रूपमा उभ्याउन सफल भएको छ तर आफ्नो वास्तविक परीक्षा मानिएको समानुपातिक मतमा भने निकै तल छ । सो पार्टी समानुपातिकतर्फ प्राप्त मतका आधारमा सातौँ स्थानमा छ । सो पार्टीले अहिलेसम्म एक लाख चार हजार १५१ मत ल्याएको छ ।
गृह मन्त्रालयले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अनुरोध गरेको छ । निर्वाचन सुरक्षाको जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने दाबी गर्नुभयो । उहाँले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा सम्पन्न हुने र ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेउपुर नगरपालिका–८, धाईटारका मुरलीप्रसाद पौडेललाई प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअगावै खेतमा आलु रोप्ने चिन्ता छ । वर्षभरिको खर्चको जोहो हुने आलु खेतीका लागि आवश्यक रासायनिक मल नपाउँदा पौडेलको ध्यान निर्वाचनमा जान सकेको छैन । उहाँ गाउँमा उम्मेदवार कहिले आउलान् र रासायनिक मल उपलब्ध गराउने भनेर प्रश्न सोध्न उम्मेदवार कुरेर बस्नुभएको छ ।
सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ। नगरपालिकाको वडा नं. ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपियाँ तिर्नुपर्ने हुन्छ। दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ।
एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् ।
बीपी राजमार्ग र अरनिको राजमार्गमा चल्ने सवारीसाधनका कारण व्यस्त हुने काभ्रेपलाञ्चोक जिल्लाको मुख्य
बर्सेनि चाडपर्वका बखत बढी सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटनाका कारण थुप्रैले ज्यान गुमाउने गरेका छन् । बिहीबार मात्रै मकवानपुर र रुकुमपूर्वमा भएका सवारी दुर्घटनामा परी ११ जनाको ज्यान गएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन् । दशैँको घटस्थापनादेखि पूर्णिमासम्म देशभर औसत छ सयभन्दा बढी सवारी दुर्घटना हुने गरेको र त्यसमा परी एक सय जनाभन्दा बढी मानिसले ज्यान गुमाउनुपरेको प्रहरीको तथ्याङ्कमा छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालका स्थानीयले गाईबस्तु चरिचरन गराउँदै आएको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको कसैलाई पत्तो थिएन । वर्षाैंदेखि आफूहरूले चरिचरन गर्दै आएको सार्वजनिक जग्गा बैङ्कमा धितो राखेर लिलामी भएको सूचना पत्रिकामा प्रकाशित भएपछि मात्रै स्थानीयवासी झस्किए ।
सार्वजनिक यातायातका समितिहरूका नाममा रहेको चल अचल सम्पत्ति तत्कालीन समितिका पदाधिकारीले कम्पनी खडा गरी सीमित व्यक्तिको अधीनमा ल्याएका छन्। पाँच वर्षअघिको त्यस्तो काम अहिले थाहा पाएर यातायात व्यवसायीले खोजी गर्न थालेका छन्। सार्वजनिक यातायातका सिन्डिकेट पाँच वर्षअघि हटाउँदा सरकारले समितिहरूलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्प दिएको थियो। त्यसैको सुविधा उपयोग गर्दै समितिका पदाधिकारीले सदस्यहरूलाई थाहै नदिई सम्पूर्ण चल अचल सम्पत्ति पदाधिकारीका नाममा दर्ता गराएको गुनासो व्यवसायी सदस्यहरूको छ।
सार्वजनिक यातायातको सिन्डिकेट हटाइएको पाँच वर्ष नबित्दै पुनः ब्युँतिन थालेको छ । त्यसको थालनी गत वर्षदेखि नै ट्रक तथा टिप्पर सङ्घको दर्ताबाट सुरु भइसकेको छ । बस व्यवसायीको पनि चाँडै पूर्ववत् समिति दर्ता हुने दाबी व्यवसायीको छ । सिन्डिकेट हटाउन सर्वोच्च अदालतले २०६७ माघ १९ गते ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई एकाधिकार कायम हुने, सिन्डिकेट, कार्टेलिङ र त्यस्ता अन्य कुनै पनि रूपका क्रियाकलाप सञ्चालन नगर्नू, नगराउनू’ भन्ने परमादेश जारी गरेको थियो ।
पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ । पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले स्थानीय तहसँग समन्वय गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र म्याग्दीका पहिरोको अत्यधिक जोखिम भएका १० स्थानमा पूर्वसूचना दिने उपकरण जडान गरेको हो । मकवानपुरको हेटौँडामा पनि उपकरण राख्ने तयारी छ । समाजका सदस्य गोपीकृष्ण बस्यालले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको कोदारी, तामाङगाउँ, मार्मिङ र चाकुबजारमा यस्तो उपकरण जडान गरिएको जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ का बोल्दे, चुखाबेँसी थिलवारमा उपकरण जडान गरिएको छ ।
अफ्रिकी स्वाइन फिवर नामक सङ्क्रमणका कारण काठमाडौँसहित आठ जिल्लाका पाँच हजार बङ्गुर मरेका छन् । पशुसेवा विभागका वरिष्ठ भेटेरिनरी अधिकृत डा. मुकुल उपाध्यायले तीन महिनामा त्यति सङ्ख्यामा बङ्गुर मरेको जानकारी दिँदै सो क्षति २० करोड रुपियाँभन्दा बढी हुने बताउनुभयो । सन् २०१८ मा अफ्रिकी देशबाट सुरु भएको सङ्क्रमण भारत, चीन, भुटान हुँदै नेपाल आइपुगेको छ । भारतमा यो सङ्क्रमण पाँच महिनाअघि देखापरेको थियो भने गत जेठमा नेपालमा पुष्टि भएको थियो ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।