नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति राजनीतिमा आउनु उचित नहुने निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको बैठकले राष्ट्रपति जस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो ।
पहाडमा ‘रुढा पहिरा’ ले धान खेती पुरिँदा मधेशमा ‘रौदी’ का कारण कृषकले धान रोप्न पाएका छैनन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकले विधान संशोधनको प्रस्ताव पारित गरेको छ । बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीभित्र ७० वर्षको उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव गरेको हो ।
१२ मिनेटको वर्षाले नै बिपी राजमार्ग १२ घण्टा रोकिन थालेको छ । नेपालकै नमुना र व्यवस्थित सडक परियोजना मानिएको बिपी राजमार्गको मङ्गलटार सडकखण्डमा लेदो बाढीको समस्याले दुःख दिन थालेको हो । हल्का वर्षा हुन थालेपछि माथिल्लो भेगबाट आउने लेदोले सडक अवरुद्ध पार्ने गरेको छ ।
वर्षायाममा गाईभैँसीमा फैलिने छालाको सङ्क्रमण ‘लम्पी स्किन’ पाँच प्रदेशमा फैलिएको छ । दुई वर्षअघि पशुधनमा अर्बौंको क्षति पु¥याएको यो रोग कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फेरि फैलिएको छ । दु
भाइबहिनीहरू, तुलसी निकै उपयोगी वनस्पति हो ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीको सन्दर्भमा शनिवार आयोजित विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतले स्व.भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) नै राष्ट्रिय राजनीतिको आधार भएको बताउनुभएको छ ।
सरकारले माछामा बढ्दो आयात प्रतिस्थापन गर्न माछामा उच्च नस्लको विकास योजना अघि सारेको छ । केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र बालाजुले छिटो बढ्ने र ग्राहकले औधी रुचाएको पङ्गासियस जातको माछाका शुद्ध नस्लका चार हजार भुरा नेपालमा आयात गरेको छ । भुरालाई माउ बनाएर देशभर वितरण गर्ने योजना केन्द्रले अघि सारेको छ ।
मधेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन र कृषकका समस्या समाधान गर्न महिला कृषक स्वयंसेविका परिचालनको योजना अघि सारेको छ । यो योजना सरकार र नागरिकबिच स्वास्थ्य सेवाको पहरेदार बनेको सफल कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका जस्तै हो ।
क्लिनिकल साइकोलोजीमा काठमाडौँ विश्वविद्यालयबाट एमबिबिएस गर्नुभएका ३२ वर्षीय डा. सुजन कडरिया अनेरास्ववियुको अध्यक्षमा निर्वाचित हुनुभएको छ । कडरियासँगै अनेरास्ववियुको २४ औँ महाधिवेशनबाट तीन जना डाक्टर र १३ जना इन्जिनियर विजयी बनेका छन् ।
दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ । पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ ।
पशुलाई खोले र पराल खुवाए मात्रै पुग्छ भन्ने मान्यताबाट नेपाली पशुपालक किसान अघि बढ्न नसक्दा कम लागतमा धेरै दुध र मासु उत्पादन गर्न सकिरहेका छैनन् । वर्षाको मौसममा त्यसै खेर जाने घाँसलाई सही रूपमा प्रयोग गर्न नसक्दा हिउँदमा पौष्टिक खाना पशुलाई खुवाउन नसकेर उत्पादन बढ्न सकेको छैन ।
महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य हो ।
तराई, भित्री मधेश र मध्य पहाडी क्षेत्रका किसानले भारत र चीनबाट आयातित वर्णशङ्कर जातको मकैमा रुचि राख्दा सरकारले विकास र सिफारिस गरेका मकैका बिउ भने ओझेलमा परेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ का कृषक देउबहादुर तामाङ यो वर्ष उत्कृष्ट प्राङ्गारिक कृषि उत्पादन गर्ने कृषकका रूपमा सम्मानित हुनुभएको छ ।