माझी समुदायका पितृ नचाउने ठाउँ मासिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लुका माझीले हरेक वर्ष दसैँको टीकाको अघिल्लो दिनदेखि टीकाको पर्सिपल्टसम्म पितृ नचाउने गर्छन् । ठाँटीडाँडामा रहेको सो स्थानमा सिँचाइका लागि पोखरी खनिएपछि उनीहरूको सांस्कृतिक कर्ममा समस्या भएको छ ।
दाँतको नियमित उपचार गराउन सामुदायिक विद्यालयभित्रै चिकित्सकसहितको दन्त उपचार केन्द्र (डेन्टल क्लिनिक) स्थापना भएको सुन्दा अचम्म लाग्न सक्छ तर रामेछाप जिल्लाको विकट गाउँ साँघुटार
नेपालकै नमुना र व्यवस्थित सडक परियोजनाको मानिएको बिपी राजमार्गको मङ्गलटार सडकखण्ड गेग्य्रानसहितको लेदो बाढीको समस्यामा छ । १० वर्षमा एकै ठाउँमा आउने त्यस्तो बाढीले १० वर्षमा तीन सय पटक सडक अवरोध भएको छ तर त्यस्ता अरू ठाउँ पनि छन् ।
साँझ उज्यालो छर्दै उड्ने जुनकिरी र भरभर गर्दै उड्ने गाइनेकिरा गाउँघरका खेतबारीमा अचेल कमै देखिन्छन् । यसको मार किसानलाई परेको छ । पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारी बालीमा क्षति हुन थाल्छ । धेरै मानिसलाई अचम्म पनि लाग्न सक्छ, त्यत्रो आकारको शङ्खेकिरा त्यति सानो जुनकिरीको भोजन कसरी बन्छ होला ? विज्ञहरूका अनुसार जुनकिरीको लार्भाले शङ्खेकिरा खाने गर्दछ । लार्भा भनेको किराको प्रारम्भिक र खन्चुवा अवस्था हो । त्यही अवस्थामा जुनकिरीले शङ्खेकिराको लार्भालाई नष्ट पार्ने गर्दछ । लार्भा अवस्था
आफूसँगै भएको नाइट्रोजनको स्रोत गोठेमललाई सही रूपमा प्रयोग गर्न नजान्दा नेपाली किसानले करोडौँ मूल्य बराबरको नाइट्रोजन र युरिया मल गुमाइरहेका छन् । यससँगै रासायनिक मल खरिदका लागि बर्सेनि ठुलो परिमाणमा नेपाली पैसा बिदेसिने गरेको छ । गोठेमलको स्रोतमा गोबरलाई बढी लिने प्रचलन किसानमा छ । तर गोठेमलबारे अनुसन्धान गरिरहनुभएका कृषि प्रचार अधिकृत कृष्ण धितालले पशुको गोबरमा भन्दा मूत्रमा नाइट्रोजन र पोटासको मात्रा अधिक रहने बताउनुभयो ।
मानिसलाई जसरी नियमित रूपमा जाँच, औषधि उपचार, सरसफाइ आवश्यक पर्छ त्यसरी नै पशुलाई पनि ध्यान नदिने हो भने अनेकौँ रोगले सताउँछ । त्यस्तै सामान्य कुरामा ध्यान दिन नसक्दा नेपाली पशुपालक किसानले वार्षिक अर्बाैं रुपियाँ बराबरको क्षति बेहोरिरहेका छन् । नेपालका किसानले धेरै क्षति बेहोर्नेमध्येको एउटा समस्या बनेको छ पशुमा हुने बाँझोपन । पशु एकपटक ब्याउँछ अनि ब्याउँदैन । जसको कारण महँगोमा किनेर ल्याइएको भैँसीलाई सस्तोमा बेच्नुपर्ने अवस्था सिर्जना भएको छ ।
खानीखोला गाउँपालिकाका जनप्रतिनिधि सामाजिक सुरक्षा भत्ताबापतको रकमका साथमा लौरो र छाता पनि बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भनेर छाता उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।
आफ्नो मातृभाषालाई प्रदेश सरकारले सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न थालेपछि बागमती प्रदेशका तामाङ र नेवार समुदायमा खुसियाली छाएको छ । प्रदेशभित्र बहुसङ्ख्यक जनताले
समयमै सूचना नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान किसानको सट्टा बिचौलिया र पहुँचवालाको हातमा पर्दै आएको छ । राष्ट्रिय समावेशी आयोगले विज्ञ समूह बनाएर गरेको अध्ययनबाट कृषि अनुदानको जानकारी, प्रक्रिया र सूचनाका बारेमा अधिकांश किसानलाई जानकारी नै नरहेको तथ्य फेला परेको हो ।
गाइने किराको सङ्ख्यामा कमी आउन थालेपछि त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा देखिन थालेको छ । गाइने किराको मुख्य आहारा कृषिकर्मलाई असर गर्ने पतेरो, गवारो हुन् । गाइने किराको सङ्ख्या घट्दा पतेरो, गवारो र लाईको उल्लेख्य वृद्धि भई मुख्य बाली धान, मकै र गहुँको उत्पादनमा कमी आउन थालेको छ । सघन धान खेतीमा लामो समयदेखि अनुसन्धानरत कृषि प्रचार अधिकृत कृष्ण धितालले गाइने किराको सङ्ख्या घट्दा त्यसको मुख्य आहार बालीलाई हानिकारक मानिएका किराको सङ्ख्या बढिरहेको बताउनुभयो ।
पनौतीको इतिहासबिना नेपाल मण्डलको इतिहास अधुरो हुन्छ । नेपाल मण्डलको धार्मिक–सांस्कृतिक जीवनका ढुकढुकी पनौतीका जात्रापर्वमा पनि चल्छन् । नेपाल मण्डलका जात्रापर्वका श्वास पनौतीमा चल्छन् ।
बत्तीमुनिको अँध्यारो भने जस्तै सङ्घीय राजधानीबाट १३० किलोमिटर र प्रदेश राजधानीबाट ५० किलोमिटरको दुरीमा रहेको डाँडापारि विकटभित्रको विकट गाउँबाट क्रमशः सुगम गाउँमा रूपान्तरण हुँदै छ । त्यहाँ सञ्चालित सडक आयोजना समयमै सम्पन्न भए भने अबको केही वर्षपछि दुर्गममा गनिएका गाउँबस्ती सुगम बन्दै जाने छन् ।
रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक आकर्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानका सार्वजनिक रुखमा अनावश्यक रूपमा राखिएका बत्ती भक्तपुरका संरक्षण अभियन्ता जीवनपति श्रेष्ठसँगै मध्यपुर थिमिका धिमेबाजा गुरु सुनेश श्रेष्ठ, भिक्षु शैलेश शाक्यको अगुवाइमा हटाउन सुरु गरिएको हो ।
अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ । व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले मानिसलाई सजिलो बनाए पनि चरा र जीवजन्तुलाई भने बाँच्नै मुस्किल बनाएको छ । अझ शान्त ठाउँ भन्दै जङ्गल र नदी किनारामा रिसोर्ट बनाउने र आसपासका रुखलाई आकर्षक बनाउन कृत्रिम बत्ती बाल्दा आकर्षण देखिए पनि चराका लागि ती पासो जस्तै बनेका छन् । राजमार्गका छेउमा राखिएका सडकबत्तीसँगै रुखमा अनावश्यक रूपमा राखिएका झिलिमिलीले सानादेखि ठुला प्रजातिका चरालाई असर पारेको छ । त्यसतर्फ राज्यबाट चासो हुन नसकेको यस क्षेत्रमा आबद्ध खोजकर्ताले बताएका छन् ।
घरपालुवा पशुमा हुने बाँझोपनले नेपाली किसानले वार्षिक करोडौँ रुपियाँको घाटा बेहोरिरहेका छन् । महँगो मूल्य तिरेर ल्याएका राम्रो जातका गाई, भैँसी एक पटक ब्याएपछि अर्को पटक नब्याउने समस्याका कारण किसान आर्थिक नोक्सानी बेहोर्न बाध्य भएका हुन् । पशुमा हुने बाँझोपनबाट कृषकको लगानी धराशायी हुँदा यसको रोकथामका लागि दीर्घकालीन योजना, क्षतिपूर्तिको व्यवस्था र यसबाट प्रभावितको तथ्याङ्कसमेत सरोकारवाला निकायसँग छैन ।