बर्सेनि असार र साउनमा नेपाली बजारमा दुधको अभाव हुने गरेको थियो । असार १५ मा दहीचिउरा र साउन १५ मा खिर खाने चलन छ । साउन १५ मा काठमाडौँ उपत्यकामा मात्र खिर खान २० लाख लिटर दुध बिक्री हुने लक्ष्य राखिएको छ । सरकारी तथा निजी क्षेत्रले २० लाख लिटरभन्दा धेरै दुध बेच्ने लक्ष्य लिएको डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताउनुभयो । दुग्ध विकास संस्थानले साउन १५ गते एक लाख ४५ हजार लिटर दुध बिक्री गर्ने लक्ष्य लिएको छ । उपत्यकामा दैनिक आठ लाख लिटर दुध बिक्री हुँदै आएको छ ।
विश्व पशु स्वास्थ्य सङ्गठनले एकै पटक लाखौँ पशुलाई सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कम्तीमा ८० प्रतिशतमा खोप लगाउनुपर्ने मापदण्ड बनाएको छ। नेपालमा तीन महिनायता गाईभैँसीमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणको भरपर्दो उपाय पनि खोप नै भएको पशु स्वास्थ्यविज्ञ बताउँछन् तर अहिलेसम्म कुल गाईभैँसी एक करोड २६ लाखको २.४८ प्रतिशत अर्थात् तीन लाख १२ हजार २४६ पशुलाई मात्र खोप लगाइएको छ। खोपको अभाव र भएको खोप लगाउने दक्ष पशु स्वास्थ्यकर्मीको अभावमा खोप कार्यक्रम सुस्त रहेको छ। नेपालमा १० लाख मात्रा खोप भित्रिएकोमा झन्डै सात लाख मात्रा खोप लगाउन सकिएको छैन।
नेपालको पशुपालनको क्षेत्रले पछिल्लो एक वर्षमा निकै ठुलो क्षति बेहो-यो। ‘लम्पी स्किन’ महामारीले गाईभैँसी र अफ्रिकन स्वाइन फिभरले बङ्गुरपालक किसान नराम्ररी प्रभावित बनेका छन्। पाँच प्रतिशतभन्दा कम मृत्युदर भएको ‘लम्पी स्किन’ सङ्क्रमणले एक खर्ब २६ अर्बको क्षति पुग्ने आकलन गरिँदा शतप्रतिशत मृत्युदर रहेको अफ्रिकन स्वाइन फिभरले पारेको क्षतिको विवरण भने सङ्कलनसमेत भएको छैन। कुनै पनि सरकारी निकायसँग त्यसको वास्तविक तथ्याङ्क छैन। लम्पीबाट मात्र चालु आर्थिक वर्षको बजेटको ७.२ प्रतिशत बराबरको क्षति पुगेको छ।
नेपालका पशुमा ‘लम्पी स्किन’ रोग देखापरेको तीन वर्ष भयो तर यसबिचमा रोकथामको प्रभावकारी पहल हुन नसक्दा महामारीको रूप लिएको छ। नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैँचाका पशुमा लम्पी स्किन रोग देखिएको थियो। अहिले लम्पीले प्रभाव नपारेको कुनै जिल्ला छैन।
सामुदायिक विद्यालयलाई दाताले दिएका कम्प्युटर बिग्रिएर थन्किन थालेका छन् । शिक्षामा गुणस्तर सुधार्न दिइएका कम्प्युटर मर्मत हुन सकेका छैनन् । सामान्य प्राविधिक समस्या आउँदासमेत कम्प्युटर मर्मत हुन नसक्दा विद्यार्थीले महिनौँसम्म कम्प्युटर चलाउन पाएका छैनन् ।
सडक विस्तार गर्ने क्रममा बनेपा नगरपालिका वडा नं. १४ भैँसीपाटीमा प्राचीन इँटाको पर्खाल, कुवा, काठ, शिला र ढुङ्गेधारा फेला परेसँगै पुरातत्त्व विभागले त्यसको अध्ययन थालेको छ । सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई फराकिलो बनाउने क्रममा सडक मापदण्डमै प्राचीन सम्पदा फेला परेपछि संरक्षणकर्मीले त्यसमा चासो देखाएका छन् । सडक विस्तारका क्रममा पुरातात्त्विक वस्तु नष्ट भएको र थप नष्ट हुन सक्ने भन्दै विभागले पुरातात्त्विक वस्तु भेटिएको स्थानमा तत्काल काम रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ । परिपत्रपछि सो ठाँउमा विस्तारको कार्य रोकिएको छ । सडक विस्तारका क्रममा पुरातात्त्विक सम्पदा भेटिएपछि पुरातत्त्व विभाग भक्तपुरका प्रमुख यमुना महर्जनको नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
देशका ७१ जिल्लाका पाँच लाख पशुमा ‘लम्पी स्किन रोग’को सङ्क्रमण देखिएको छ । एक महिनाअघि ३५ जिल्लाका १५ हजार पशुमा देखिएको यो रोगको विस्तार दर डरलाग्दो देखिएको छ । सङ्क्रमणले १० हजार पशु मरेको पशु सेवा विभागले जनाएको छ । विभागका प्रवक्ता चन्द्र ढकालले अघिल्लो दिनसम्म सामान्य रहेका गाई, भैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउन सल्लाह दिनुभयो ।
भारतबाट मुर्रा राँगा नेपाल आउने भएपछि पशु वैज्ञानिक उत्साहित भएका छन्। भारत सरकारले उपहारस्वरूप दिने भनिएका १५ वटा मुर्रा राँगाका कारण भैँसीको उत्पादन क्षमतामा सुधार हुनेमा पशु वैज्ञानिक विश्वस्त देखिएका छन् । मुर्रा जातका राँगा नेपाल ल्याउने प्रयास निकै अघिदेखि गरिँदै आएको थियो। यस पटक बल्ल प्रयास सफल भएपछि नश्ल सुधारका लागि आशा जागेको पशु वैज्ञानिकको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक डा. नारायण पौडेलले ‘जेनेटिक मेटेरियल’ नेपाल आउने भएपछि त्यसले ऊर्जा थपेको बताउनुभयो।
आइतबार राति अचानकको वर्षाले बिपी राजमार्गको काभ्रेस्थित रोसी गाउँपालिका–११ को कालढुङ्गामा बगेर आएको गेग्य्रानले चार वटा सवारीसाधन पुरिए । मूल वर्षा सुरु नहुँदै जेठ लाग्दै गरेकै दिनको उक्त घटनामा कुनै मानवीय क्षति भने भएन । सोमबार दिउँसोदेखि यातायात पनि दुईतर्फी नै खुलिसकेको छ ।
बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो)समेत बाटोमा छरिँदैन । स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिनुभयो ।
बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन । डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।
पछिल्लो समय रातो नम्बर प्लेटका सवारीसाधनमा यात्रु बोक्ने क्रम बढेको छ । यस्ता रातो नम्बर प्लेटका सवारीसाधनले टिकट बुकिङ काउन्टर नै खोलेर टिकट काट्ने गरेका छन् । यात्रुलाई भने रातो र कालो नम्बर प्लेटको
ललितपुर महानगरपालिका–१, बखुन्डोलमा जग खन्दा आसपासको टोल नै भासिएको समिट होटल र अपार्टमेन्ट निर्माणका लागि नक्सा पास नै नभएको खुलेको छ । साबिकको समिट होटल भत्काई त्यस ठाउँमा समिट होटल र अपार्टमेन्ट बनाउन जग खन्दा शुक्रबारदेखि अचानक आसपासका घर भासिएका थिए । उक्त घटनापछि स्थानीय डेरा खोजेर अन्त सर्न थालेका छन् । प्रहरीले उनीहरूलाई डेरा खोज्न सहजीकरण गरिरहेको छ । यसै विषयलाई लिएर ललितपुर महानगरपालिकामा पीडित, होटल तथा अपार्टमेन्टका सञ्चालक र महानगरपालिकाबीच आइतबार बैठक भएको छ ।
काभ्रेपलाञ्चोकका आलुले भण्डारका लागि ३३२ किलोमिटर दूरी तय गर्ने गरेका छन्। जिल्लामा आलु भण्डारण गर्ने उचित शीतभण्डार (कोल्ड स्टोर) अभावमा किसानले कपिलवस्तुको जितपुरमा रहेको कोल्ड स्टोरमा आलु भण्डारण गर्न थालेका हुन्। किसान आफूले उब्जनी गरेको आलु भण्डारण गर्न ३३२ किलोमिटर टाढाको कोल्ड स्टोरको शरणमा जानुपर्ने बाध्यतामा छन्।
सरकारले दिएको अनुदानको दुरुपयोग कसरी भइरहेको छ भन्ने उदाहरण काभ्रेको एउटा कृषि कार्यक्रम बनेको छ। ‘आलु सुपरजोन’का लागि अनुदान लिएर चक्लाबन्दी गरिएको जमिनमा पहिलो पटक आलु रोपियो पनि तर अहिले भने त्यही जमिनमा इँटा बनाउन थालिएको छ।