• १९ असार २०८२, बिहिबार

भोजपुर क्याम्पसलाई छ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

blog

भोजपुर, असार १९  गते ।  यहाँको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । क्याम्पसमा प्रविधिमैत्री शिक्षणका लागि रु छ लाख लागतमा तीन वटा स्मार्ट बोर्ड उपलब्ध गराइएको हो । 

क्याम्पसको शिक्षण सिकाइलाई प्रविधिमैत्रीसँगै सहज बनाउन स्मार्ट बोर्ड हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसको शैक्षिक विकासमा टेवा पु¥याउन रु २७ लाख बराबरको आर्थिक सहयोग गरेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

रामप्रसादराई गाउँपालिकाबाट विभिन्न आर्थिक वर्षमा गरी क्याम्पसमा अध्ययनरत २१७ जना विद्यार्थीको पठनपाठन शुल्कसमेत गाउँपालिकाले उपलब्ध गराएको जनाएको छ ।  रासस