जिल्लाको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले विजय हाँसिल गरेका छन् । नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका रवि केसी र धनकुमारी शाही निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठबिसकोटले जनाएको छ । प्रमुखमा रविले सात हजार ३७९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० को विजय जुलुसको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । नेकपा एमालेको विजयी जुलुसको गाडी सिद्धार्थनगर १० को शंकरपुरमा दुर्घटनामा परेको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो ।
नइ प्रकाशनले १५ वर्ष ननाघेका आठजना बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने जनाएको छ । नइ प्रकाशनले बहुआयामिक प्रतिभा सुश्री सम्पदा दुलाललाई ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
महोत्तरी जिल्लामा रहेको १५ पालिकाहरुको मतगणनाको परिणामहरु आउन थालेको छ । बुधबार जिल्लाको तीन पालिकाको परिणाम सार्वजनिक भएको छ । जसमा रामगोपालपुर, मनरासिश्वा नगरपालिका र महोत्तरी गाउँपालिका रहेका छन् ।
सुनसरीको १२ स्थानीय तह मध्ये देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदवार बेचन प्रसाद मेहता र उपाध्यक्षमा नेपाली काँग्रंसका उम्मेदवार कुमारी विभा यादव विजयी हुनुभएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार मेहताले ६ हजार ८७४ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली काँग्रेसकी कुमारी विभा यादवले ६ हजार ११२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
काठमाडौं, जेठ ४ गते । 'छिन्नलता प्रतिभा पुरस्कार २०७९' गायिका अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ । गुठीले हरेक वर्ष गायक/गायिकालाई सम्मान गर्दै छिन्नलता गीत पुरस्कार प्रदान गर्दै आएको छ । यो वर्षको प्रतिभा पुरस्कार अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको हो । अधिकारीले आफूले छिन्नलता प्रतिभा पुरस्कार पाउन लाग्दा खुसी भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।'छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउँदा एकछिन त कस्तो अवाक नै भएँ । नेपाली सङ्गीत जगतको यति ठूलो सम्मान मेरो लागि गीत सङ्गीत क्षेत्रमा अझै अगाडि बढ्न ठूलो प्रेरणा हुनेछ । यो खुसीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरू सम्पूर्णमा मनैदेखि आभार तथा कृतज्ञता प्रकट गर्न चाहन्छु,' उहाँले फेसबुकमा लेख्नुभएको छ ।
काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ चार हजार ४८५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँले नेकपा एमालेका उम्मेदवार शेखर लामालाई एक हजार ३२९ मतान्तरले पराजित गर्नुभएको हो । एमालेका लामाले तीन हजार १५६ मत ल्याउनु भएको हो ।
मेलम्ची नगरपालिकाको प्रमुखमा काँगे्रसका आइतमान तामाङ र उपप्रमुखमा एमालेकी उमा प्रधान निर्वाचित भएका छन् । मेयर तामाङले ११ हजार २५८ मत ल्याउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेको बालकृष्ण देउजाले ११ हजार १६५ मत ल्याउनु भएको छ ।
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको थियो ।
नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले मुलुकको व्यापार घाटा डरलाग्दो अवस्थामा रहेको आरोप लगाउनुभएको छ ।
कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टलाई चार हजार २८५ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा चार हजार ६३९ बढी मत ल्याएर कांग्रेसका नागेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको हो ।
सुनसरीका १२ स्थानीय तहमध्ये भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको छ । नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा चार हजार ६०६ मतसहित नेपाली कांग्रेस अजमल अख्तर आजाद विजयी हुनुभएको छ । आजादले गत निर्वाचनको बदला लिँदै नेकपा एमालेका महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै जित हात पार्नुभएको हो । आजादका निकटतम प्रतिद्वन्द्वी यादवले ३२७१ मत ल्याएर पराजित हुनुभयो ।
प्रतिनिधि सभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो ।
जिल्लाको दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार भिखारीप्रसाद यादव सात हजार ५२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।