• ६ जेठ २०८१, आइतबार

सुनसरीको भोक्राहा नरसिंहमा आजाद विजयी

blog

विजयी हुनुभएका अध्यक्ष अजमल अख्तर आजाद ।

जयकृष्ण यादव 

इनरुवा, जेठ ४ गते । सुनसरीका १२ स्थानीय तहमध्ये भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा चार हजार ६०६ मतसहित नेपाली काँग्रेस अजमल अख्तर आजाद विजयी हुनुभएको छ । आजादले गत निर्वाचनको बदला लिँदै नेकपा एमालेका महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै जित हात पार्नुभएको हो । आजादका निकटतम प्रतिद्वन्द्वी यादवले ३२७१ मत ल्याएर पराजित हुनुभयो । 

नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सुनीता उराँव विजयी हुनुभएको हो ।  त्यसैगरी नेपाली काँग्रेसको तर्फबाट तीन हजार ९७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा सुनीता उराँव निर्वाचित हुनुभएको छ । उराँवले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीको तर्फबाट उपाध्यक्षकी उम्मेदवार पुनमकुमारी मेहताले २ हजार ६१८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।