• ६ जेठ २०८१, आइतबार

मलङ्गवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

blog

जनार्जन खत्री

सर्लाही, जेठ ४ गते । सर्लाहीको सदरमुकाम मलङ्गवा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । 

नगरप्रमुखमा प्रतिस्पर्धीको भन्दा चार हजार ६३९ बढी मत ल्याएर काँग्रेसका नागेन्द्रप्रसाद यादव निर्वाचित हुनुभएको हो । यादवले नौ हजार ७८ मत ल्याउनुभएको छ । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपाल (जसपा) का निरसल साहले चार हजार ६३९ मत मात्रै ल्याउनुभएको छ । 

नगरप्रमुखमा पराजित साह मलङ्गवाको निवर्तमान नगरप्रमुख हुनहुुन्थ्यो । यो पटक काँग्रेसबाट टिकट नपाएपछि साह जसपामा प्रवेश गरेर टिकट लिनुभएको थियो । 

यस्तै, उपप्रमुखमा काँग्रेसकी शकुन्तलादेवी साह निकटतम प्रतिस्पर्धी भन्दा चार मत मात्रै बढी ल्याएर विजयी हुनुभएको छ । साहले पाँच हजार १४३ मत प्राप्त गर्दा उहाँकी प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) की पानोदेवीले पाँच हजार १३९ मत ल्याउनुभएको छ । 

सर्लाहीमा अहिलेसम्म १० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । बाँकी १० पालिकामा मतगणना जारी छ । 

मतगणना सार्वजनिक भएको १० पालिकामध्ये आठ पालिकामा काँग्रेस र दुईवटा पालिकामा माओवादी केन्द्र विजयी भएको छ ।