• १६ भदौ २०८१, आइतबार

फिक्कलमा एमाले, मरिणमा गठबन्धन विजयी

blog

फिक्कल गाउँपालिका अध्यक्षमा पार्वती सुनुवार र मरिण गाउँपालिका उपाध्यक्षमा बिमला माझी निर्वाचित

बाबुराम देवकाेटा

सिन्धुलीमाढी, जेठ ४ गते । सिन्धुली जिल्लामा बुधबार थप फिक्कल गाउँपालिका र मरिण गाउँपालिकाको अन्तिम मतगणना परिणाम आएको छ ।

फिक्कल गाँउपालिकामा सत्तारुढ गठबन्धन (नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र)का उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार पार्वती सुनुवार गाउँपालिकामा अध्यक्षमा निर्वाचित बन्नुभएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै राजु बराल जित्नुभएको छ ।

उता मरिण गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विमर्श मोक्तान गाउँपालिका अध्यक्षमा निर्वाचित बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसको उम्मेदवार बिमला माझी निर्वाचित हुनुभएको छ ।

७ वडा रहेको मरिण गाउँपालिकामा छ वडामा माओवादी केन्द्रले जित हात परेको छ भने वडा नं ४ मा एमालेले जितेको छ ।

जिल्लामा हालसम्म छ वटा पालिकाको अन्तिम मतगणना परिणाम सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।