रौतहटको २४ वटा मतदान केन्द्रमा जेठ ४ गते बुधबार पुनः निर्वाचन हुनेभएको छ । स्थानीय तह चुनावअन्तर्गत वैशाख ३० गते रद्दभएको जिल्लाको छवटा पालिकाका १० वटा मतदान स्थलको २४ वटा मतदान केन्द्रमा पुनः मतदान गराउन निर्वाचन आयोगको आदेशानुसार जेठ ४ गते बुधबार निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताउनुभयो ।
मधेस प्रदेशअन्तर्गत जिल्लाका स्थानीय तहको अन्तिम मत परिणाम आउन थालेको छ । अहिलेसम्ममा एक नगरपालिका र चार गाउँपालिकाको मत परिणाम सार्वजनिकभएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशका सप्तरी, धनुषा, सर्लाही, सिरहाका केही स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षका अन्तिम परिणाम घोषणाभएको छ ।
तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तिलबहादुर थापा र उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित हुनु भएको छ ।
बीमा समितिले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर) स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनीलाई मङ्गलबार स्वीकृति दिइएको हो ।
प्रदेश नम्बर १ का विभिन्न पहाडी जिल्लाका अधिकांश स्थानीय तहको मतगणना कार्य सम्पन्न भई अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी प्रदेश १ का तराईका केही स्थानीय तहका मतगणना कार्य पनि सम्पन्न भइसकेको छ ।
स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै जाँदा नेपाली काँग्रेसका वडा सदस्यदेखि लिएर प्रमुखसम्म सबैभन्दा बढी उम्मेदवारले विजय हासिल गरेका छन् । यस परिणामसँगै दोस्रो पटकको स्थानीय तह चुनावमा काँग्रेस सबैभन्दा ठूलो दल बन्ने आधार बन्दै गएको छ ।
पोखरा महानगरपालिकाको मतगणना शनिबारदेखि निरन्तर चलिरहेको छ । यहाँका ३३ वडामध्ये अहिलेसम्म सातवटा वडाको अन्तिम परिणाम आइसकेको छ । पोखरामा एक लाख ४३ हजार २१३ मत खसेको थियो । अहिलेसम्म २३ हजार हाराहारी मतगणना भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–१० का देवबहादुर शाहीलाई आफूले दिएको मत काम लागेको नलागेको सुन्ने उत्कट चाहना थियो । आफूले रोजेको उम्मेदवारले जिते विजय जुलुसमा सामेल हुने र आफ्नै गाउँघरको सिंहदरबार हाँक्ने सरकार हेरेर नै जाने सोच थियो तर त्यो अवसर नपाउँदै उहाँ झोलाझ्याम्टा बोकी सुक्खड बसपार्कबाट सीमा नाका गौरीफन्टातिर लाग्नुभयो ।
झापाको कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुनः नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । पोखरेलले जम्मा आठ हजार ६७३ मत ल्याउदै बिजयी हुनुभयो ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बैङ्किङ कारोबार राष्ट्रिय वाणिज्य बैङ्कमार्फत हुने भएको छ ।बैङ्कले सो विमानस्थलमा सम्पूर्ण बैङ्किङ कारोबार गर्न यात्रु र सेवाग्राहीलाई आवश्यक पर्ने सम्पूर्ण बैङ्किङ सेवासुविधा प्रवाह गर्न बैङ्कले सोमबारदेखि पाँचवटा नयाँ काउन्टर सञ्चालनमा ल्याएको हो ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम धमाधम आइरहेको छ । कर्णालीका कतिपय पालिकाको नतिजा टुङ्गो लागिसकेको छ भने कतिपय ठाउँमा मतगणना जारी छ । मङ्गलबारसम्मको नतिजामा धेरैजसो पालिकामा काँग्रेसका प्रतिनिधिले विजय प्राप्त गरेका छन् । समग्रमा गठबन्धनका उम्मेदवारले विजयमा अग्रता लिएका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछ्याउँदै गइरहेको देखिन्छ ।
जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर सुनुवार र उपाध्यक्षमा काँग्रेस उम्मेदवार सावित्री सुनुवार विजयी हुनुभएको छ ।
प्रतिनिधि सभाको कीर्तिमानी अवरोध प्रमुख विपक्षी दल नेकपा (एमाले)ले अन्त्य गरेको छ । अवरोधका क्रममा उठाइएका मागमा ठोस सम्बोधन नभए पनि एमालेले दुई आधार पेस गर्दै अवरोध अन्त्य गरेको हो । फरक तरिकाबाट आफ्ना मागमा प्रतिवाद जारी राख्ने गरी अवरोध हटाएको ए
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये सोमबार दिउँसोसम्म ५४ पालिकाको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले २३, नेकपा (एमाले)ले १९, नेकपा माओवादी केन्द्रले ११ र स्वतन्त्रले एक पालिकाको प्रमुखमा जित हात पारेका छन् । यस्तै उपप्रमुखमा काँग्रेसका २९, एमालेका १७, माओवादीका सात र नेकपा (एकीकृत समाजवादी)का एक जना निर्वाचित भएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विष्ट र उपप्रमुखमा नेपाली काँग्रेसका भरत गोपाली विजयी हुनुभएको हो ।