ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन नौ हजार २१६ मतसहित अग्र स्थानमा हुनुहुन्छ। नेकपा (एमाले) का हरिकृष्ण महर्जनले चार हजार २९ मत ल्याउनुभएको छ।
काठमाडौं, जेठ ३ गते। काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका मोहन बस्नेत सात हजार २०१ मतसहित विजयी हुनुभएको छ। बस्नेतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का श्रीराम आचार्य दुई हजार नौ मतान्तरले पराजित गर्नुभएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान भक्त आचार्यले ७९४, जनता समाजवादी पार्टी, नेपालका चण्डे राज तामाङले १२७, उन्नत लोकतन्त्र पार्टीका उज्वल श्रेष्ठले ४८ र रामप्रसाद तिमिल्सिना जैसीले १७ मत प्राप्त गर्नुभयो।निर्वाचन अधिकृतको कार्यालय अनुसार नगर उपप्रमुखमा पनि कांग्रेसकी बसन्ती तामाङ सात हजार ६२३ मतसहित विजयी हुनुभयो। तामाङका निकटतम प्रतिद्वन्द्वी एमालेकी इन्दिरा न्यौपानेले चार हजार ८३० मत ल्याउनुभयो। उपप्रमुखमा राप्रपाका उर्मिला केसीले ७४२ र जसपाकी सन्जु माया तामाङले ११८ मत प्राप्त गर्नुभयो।दक्षिणकाली नगरपालिका-१ को वडाअध्यक्षमा एमालेका जय थापा मगर, २ मा कांग्रेसका रामचन्द्र क्षेत्री, ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत, ४ मा कांग्रेसका पुष्कर खड्का, ५ मा कांग्रेसका श्याम बहादुर खत्री, ६ मा कांग्रेसका शैलेशमान मानन्धर, ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, ८ मा कांग्रेसका योसकुमार वाईबा र वडा नं. ९ मा कांग्रेसका अमृका बलामी निर्वाचित हुनुभएको छ। दक्षिणकालीमा नौ वडामध्ये छ वडामा कांग्रेस र बाँकी तीनमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ।
सप्तरीको एक नगरपालिका र एक गाउँपालिकाको मतगणना सम्पन्न भएको छ।
सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनमा पालिका प्रमुख तथा उप–प्रमुखमा सत्तारुढ गठबन्धनका उम्मेदवारले विजयको सुरुवात गरेका छन् ।
काठमाडौं, जेठ ३ गते। ललितपुरको महालक्ष्मी नगरपालिकाको वडा नं. १ र वडा नं. ९ को मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा १ मा नेकपा (एमाले) का छिरिङ लामा विजयी हुनुभएको छ। लामाले ७८९ मत प्राप्त गर्नुभएको हो। उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधुसुदन केसीले ४६२ मत ल्याउनुभएको हो। नेकपा (माओवादी केन्द्र) का अभिषेक खत्रीले ४३९ मत प्राप्त गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका देशबहादुर राईले ११५ र नेकपा (एकीकृत समाजवादी) का प्रकाश दाहालले १०७ मत प्राप्त गर्नुभएको हो। सो वडाको एमालेबाट महिला सदस्यमा लक्ष्मी दाहाल ७४४ मतसहित, दलित महिला सदस्यमा शान्ती विसुन्के (मिजार) ७५८ मतसहित निर्वाचित हुनुभएको छ। यसैगरी, सदस्यद्वयमा ७१९ मतसहित एमालेका ज्ञानु खड्का र ७१४ मतसहित दाता राम कार्की विजयी हुनुभयो। महालक्ष्मी नगरपालिका वडा नं. ९ मा नेपाली कांग्रेसका जय कृष्ण बोगटी १६ सय २० मतसहित विजयी हुनुभयो। उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका देवेन्द्रप्रसाद पौडेलले ९९७ मत प्राप्त गर्नुभयो। राप्रपाका रामनाथ पाठकले ४९७, नेकपा (एकीकृत समाजवादी) का नवीन तण्डुकारले २७४ र स्वतन्त्र उम्मेदवारद्वय निरोज राना मगरले २६ र गणेश चौलागाईले २३ मत प्राप्त गर्नुभयो। सो वडाको महिला सदस्यमा ७४४ मतसहित एमालेकी लक्ष्मी दाहाल, दलित महिला सदस्यमा ११ सय ३३ मतसहित कांग्रेसकी वेली सुरखेती निर्वाचित हुनुभयो। सदस्यद्वयमा एक हजार ६६ मतसहित कांग्रेसका शशीधर पोखरेल र एक हजार ६५ मतसहित एमालेका रामकेशर थापा विजयी हुनुभयो।
नेकपा (एमाले) ले मेलुङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजय हासिल गरेको छ ।
नवीन सुवेदीसुर्खेत, जेठ ३ गते। सुर्खेतको चिंगाड गाउँपालिकामा नेकपा (एमाले) ले विजयी भएको छ। चिंगाडमा एमालेका वोधविक्रम जिसी ६१ मतले विजयी हुनुभएको हो। मतदान अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार यहाँ नेपाली कांग्रेसका डोरप्रसाद शर्मा पराजित हुनुभएको हो। जिसीले तीन हजार ५९१ मत पाउनु भयो भने शर्माले तीन हजार ५५० मत प्राप्त गर्नु भएको हो। यस्तै, पालिका उपाध्यक्षमा एमालेकै मीनाकुमारी रोकायाले विजयी प्राप्त गर्दा कांग्रेसकी मनमाया आचार्य पराजित हुनुभएको हो। यस पालिकामा वडा नम्बर १, ४ र ५ एमालेले जितेको छ भने कांग्रेसले वडा नम्बर २, ३ र ६ मा जित हात पारेको छ।
काठमाडौं, जेठ ३ गते । फिल्म 'लाइफ इन एलए'को नयाँ गीत सार्वजनिक गरिएको छ । आर्यन पाठकको शब्द, सङ्गीत र स्वर रहेको गीतमा ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट फिचर्ड छन् ।यस्तै, फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गर्नुभएको हो । शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक फिल्मको मुख्य भूमिकामा हुनुहुन्छ ।ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मको निर्माण पनि ब्यासले नै गर्नुभएको हो । फिल्मको निर्देशक वली एसोसियट र कार्यकारी निर्मातामा संसार सुवेदी र निर्मातामा राजेन्द्र ठकुराठी हुनुहुन्छ ।फिल्म आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएकाे छ ।
राजु लामिछानेरुकुम पश्चिम, जेठ ३ गते। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले विजय भएको छ। मंगलबार दिउँसो मतगणना सम्पन्न हुँदा अध्यक्षमा माओवादी केन्द्रका गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले विजयी हुनुभएको हो। अध्यक्षमा केसीले पाँच हजार १२९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिं खड्काले चार हजार २९३ मत प्राप्त गर्नुभएको छ। एमालेका चोपलाल खड्काले १५८, नेकपा (एकीकृत समाजवादी)का धनराज खड्काले ५५ र राप्रपाका डिल्लीबहादुर खड्काले ५ मत ल्याउनुभएको छ। उपाध्यक्षमा निर्वाचित रेउलेले पाँच हजार १४३ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सृष्टि बाँठा मगरले चार हजार ३१३ मत प्राप्त गर्नुभएको छ । एमालेकी धनकला विष्टले १५६ मत प्राप्त गर्नुभएको छ। १० वडा रहेको त्रिवेणी गाउँपालिकामा पाँच वटा वडामा माओवादी, चार वडामा कांग्रेस र एउटा वडामा स्वतन्त्रका उम्मेदवार विजयी हुनुभएको छ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। जिल्ला सदरमुकाममा पर्ने उक्त नगरपालिकामा नेपाली कांग्रेस मेयर/उपमेयरसहित भारी मतले विजयी भएको हो।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्को अवरोध हटाएको छ।
इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ विजयी हुनुभएको छ।
प्रतिनिधि सभाको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बैठक सुरु भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का कर्ण कुँबर विजयी हुनुभएको छ । कुँबरले गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शेरबहादुर कठरियालाई एकहजार ६५६ मतले पछाडि पार्दै विजयी हुनुभएको हो ।