काठमाडौं महानगर प्रमुखमा दश हजार ३४ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ। यसैगरी, दश हजार ३१५ मतसहित उपप्रमुखमा नेकपा (एमाले)की सुनिता डंगोलले समेत अग्रता कायमै राख्नुभएको छ।
भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)को उम्मेदवार रेनु दाहालले अग्रता लिनुभएको छ।
वैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनअन्तर्गत नुवाकोटमा ५ वटा स्थानीय तहको मतगणना सकिएको छ । तादी गाउँपालिका, तारकेश्वर गाउँपालिका, म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र सूर्यगढी गाउँपालिकामा मतगणना सकिएको हो ।
नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको प्रभाव क्षेत्रमा नयाँ रामजनमको उदय भएको देखिएको छ ।
गजुरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी शर्मिला विसुराल विजयी हुनुभएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको नगर प्रमुखमा डम्बरबहादुर रावत, कुशे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हरिचन्द्र बस्नेत, शिबालय गाउँपालिकामा शेरबहादुर शाही विजय हुनुभएको हो । नलगाड नगरपालिकाको नगर प्रमुखमा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत विजय हुनु भएको छ । उहाँले ५ हजार ५९९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धर्मबहादुर शाहीले ३ हजार ६२६ मत प्राप्त गर्नु भएको थियो ।
बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका उम्मेदवार जमानसिंह के.सीले ७ हजार ६९८ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभयो ।
काठमाडौं, जेठ ३ गते । जमलस्थित विश्वज्योति हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । सोमबार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विश्वज्योति मल्टिप्लेक्सको शुभारम्भ गर्नुभएको हो । थ्रिडी र अत्याधुनिक प्रविधि जडान गरिएको हल सुविधा सम्पन्न हल मल्टिप्लेक्सको माथिल्लो तलामा खुलेको छ । हलमा २०१ र ८९ सिट क्षमताका दुई अडिटोरियम छन् । शुक्रबारदेखि हलमा नियमितरुपमा लक्का जवानसहित डक्टर स्ट्रेन्ज २ लगायतका फिल्म प्रदर्शन हुने भएकाे छ ।
प्रतीक इच्छुक शर्मासल्यान, जेठ ३ गते । बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकी विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनलाई २ हजार ७४६ मतले पछि पार्दै बुढाथोकी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेकाअनुसार विजयी बुढाथोकीले ७ हजार ४६६ मत ल्याउनु भएको छ भने निकतम प्रतिद्वन्द्वी एमालेका गोविन्दकुमार पुनले ४ हजार ७२० मत प्राप्त गर्नु भएको हो । यस्तै, नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्य विजयी हुनुभएको हो । कांग्रेसबाटै बागी उम्मेदवारी दीपेन्द्र विष्टलाई १ हजार ५५५ मतले पछि पार्दै आचार्य विजयी हुनु भएको हो । । आचार्यले ५ हजार ७ ३५ मत ल्याउँदा कांग्रेसकै बागी उम्मेदवार विष्टले ४ हजार १८० मत पाउनु भएको हो ।बन्गाड कुपिण्डे नगरपालिकामा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमाले राप्रपासँग मिलेर निर्वाचनमा होमिएको थियो । नगरप्रमुख र उपप्रमुखमा सुरुवातमा प्रतिस्पर्धा भए पनि पछिल्लो समयमा गठबन्धन टिमले एक हजारभन्दा बढी मत फरक पार्दै आएको थियो ।०७४ को स्थानीय निर्वाचनमा बन्गाडकुपिण्डे नगरपालिकामा एमालेका जिल्ला अध्यक्ष रहेका गोविन्दकुमार पुन र माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णबहादुर बुढाथोकीबीच प्रतिस्पर्धा भएको थियो । बुढाथोकी ९३ मतान्तरले पराजय हुनु परेको थियो ।
डडेल्धुरा जिल्लाका सात वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । ६ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र नेकपा माओवादी केन्द्रले दुई स्थानीय तहमा जित हात पारेको छ । एक स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ ।
नगर प्रमुख र उपप्रमुखमा एमालेको वर्चस्व एमालेका चिन्तन तामाङले कायम राख्दै दोस्रो पटक पनि नगर प्रमुखमा विजयी हासिल गर्नुभएको छ । धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक गरिएको छ ।
काभ्रेको १३ वटा स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा गठबन्धन विजय भएको छ । भुम्लु गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट अध्यक्षको उम्मेदवारी दिनुभएको प्रेमबहादुर आले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रमान तामाङ विजयी हुनुभएको हो ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना भाइ स्वर्गीय प्रेमबहादुर देउवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पशुपतिस्थित आर्यघाट जानु भई भाइ प्रेमबहादुरको पार्थिव शरीरमा नेपाली कांग्रेसको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका सुरेन्द्र थापाले माओवादी केन्द्रका पूर्णसिंह थापालाई ६३ मत अन्तरले पराजित गर्नुभयो । सुरेन्द्रले तीन हजार २२९ मत प्राप्त गर्नुभयो भने पूर्णसिंहले तीन हजार १६६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया गुरुङले दुइ मत अन्तरले विजयी हुनुभयो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–५ लयाँटीस्थित मतदान केन्द्रमा मङ्गलबार मतदान कार्य भइरहेको छ । वैशाख ३० गते झडपका कारण लयाँटीस्थित मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको थियो ।