शेरबहादुर राई ओखलढुंगा, जेठ ३ गते । ओखलढुगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली काँग्रेसका तेजन खनाल र उपप्रमुखमा केदारबाबु बस्नेत विजयी भएका हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा खनाल निर्वाचित हुनुभयो । खनालले ६ हजार ७ सय ९१ मत पाएका छन् । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याउनुभयो । उप प्रमुखमा एमालेका बस्नेतले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पार्नुभएको छ । बस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाउनुभयो ।नगरपालिकामा जन्तरखानी बाहेक सबै तहसम्मै काँग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये काँग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । काँग्रेसबाट वडानम्बर १ मा तीर्थ घिमिरे, ३ मा सीताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कट्वाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमङ्ग श्रेष्ठ विजयी भएका छन् । एमालेबाट वडानम्बर ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडानम्बर २ मा माओवादीका वसन्त कट्वालले जितेका छन् ।
म्याग्दीमा स्थानीय तह निर्वाचनको मतदानपछि भएको मतगणनामा हालसम्म ४५ मध्ये ४० वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
काठमाडौं महानगर प्रमुखमा ९ हजार ४९९ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित पाँच हजार १९६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ५४० मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
धनुषाको धनौजी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार साह निर्वाचित हुनुभएको छ । जिल्लाको धनौजी गाउँपालिका अध्यक्षमा २ हजार २ सय ६२ मतले काँग्रेसका उम्मेदवार साह विजयी हुनुभएको हो ।
जाजरकोटको नलगाड नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत निर्वाचित हुनुभएको छ । रावतका प्रतिस्पर्धी नेकपा (एमाले)का धर्मबहादुर शाहीलाई एक हजार ९७३ मतले पराजीत गर्दै निर्वाचित हुनुभएको हो ।
रामपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली काङ्ग्रेसका रमणबहादुर थापा निर्वाचित हुनुभएको छ । थापाले १० हजार ४ सय ६५ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद अर्यालले १० हजार ८३ मत मात्र ल्याउनुभएको थियो ।
सिमकोट गाउँपालिकामा अध्यक्ष पदमा सत्ता गठबन्धन विजयी भएको छ । सो गठबन्धनबाछ नेकपा माओवादी केन्द्र विजय भण्डारी र उपाध्यक्षमा नेपाली काँग्रेसका सुुशिला भाम रोकाया विजयी हुनुु भएको छ ।
रूकुम पश्चिमको सानिभेरी गाउँपालिकामा एक पुरूषको शव फेला परेको छ । गाउँपालिका वडा नम्बर ९ सिम्ली बजार नजिकैको खोलामा पुरुषको शव फेला परेको हो ।
गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेका जीवन खरेल ७ हजार ३९९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरीनारायण सापकोटाले ६ हजार ६०६ मत प्राप्त गर्नुभएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु बेरी मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन समारोहमा सहभागी हुनुभएको छ ।
हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई पराजित गर्दै नेकपा एमालेका सुरत केसी विजयी हुनुभएको छ । के.सी.ले ७ हजार ६०३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शर्माले ६ हजार २३० मत पाउनुभएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा नेपाली काँगे्रसका भत्तध्वज बोहरा र गीता नेपाल अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको छ । नवनिर्वाचित बोहराले ४ हजार २२९ मत ल्याउनु भएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका मेघनाथ पौडेलले ३ हजार २६७ मत ल्याउनुभयो । एमाओबादी केन्द्रका बिर्खबहादुर श्रेष्ठले १ हजार ८६२ मत ल्याउनु भएको छ ।
जुम्लाको सिञ्जा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्णप्रसाद धिताल र उपाध्यक्षमा सितली रोकाया जिजयी हुनु भएको हो । अध्यक्ष धितालले एक हजार नौसय ४९ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष रोकायाले एक हजार नौसय ५६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ ३ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतान्त्रिक अभ्यासलाई मर्यादित बनाउन लोकतन्त्रको स्थायित्व अनिवार्य पक्ष रहेको बताउनुभएको छ । स्वर्गीय जननेता मदन भण्डारी र जीवराम आश्रितको २९ औं स्मृति दिवसमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले मर्यादित लोकतन्त्रका लागि जुन प्रकारको कमी छ त्यसलाई मनन गर्दै स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।मदन–आश्रितप्रति श्रद्धासुमन व्यक्त गर्नुहुदै “२०४९ सालसम्म जुन प्रकारको संशोधन प्रस्ताव जननेता मदन भण्डारीले गर्नुभएको थियो, २०५४ सालमा स्वायत्त शाषण विधेयकको माध्यमबाट स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने काम ग¥यौं”, उहाँले भन्नुभयो, “यसलाई जनताको भरोसायोग्य बनाउने कुरामा एमालेले खेलेको भूमिकामा भण्डारीकोयोगदान छ ।”लोकतन्त्रको स्थायित्व र विकासका लागि पनि यो महत्त्वपूर्ण हुने उहाँको भनाइ छ । स्थानीय निर्वाचन विभिन्न ढंगले प्रभावित पार्न खोजिएको भन्नुहुदै उहाँले प्राविधिक रुपमा गठबन्धन बलियो देखिए पनि जनमतको हिसाबले एमाले पहिलो भएको उहाँले बताउनुभयो । एमालेसँग एक्लै मुकमबिला गर्ने आँट कसैसँग नभएको र चुनावबाट पनि यो प्रमाणित भएको उहाँले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले जिल्लाका ४ स्थानीय तहमा विजय हासिल गरेको छ । सोमबार सार्वजनिक भएको नजिताअनुसार बारपाक सुलिकोट, शहीद लखन र भीमसेनमा माओवादी विजयी भएको हो । यसअघि अजिरकोटमा आइतबार नै जितिसकेको छ । नेपाली काँग्रेस अहिलेसम्म आरुघाटमा मात्र विजयी भएको छ ।