दयपुरको तीन वटा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पछिल्लो सार्वजनिक मत परणाम अनुसार रौतामाई गाउँपालिकामा गठबन्धनतर्फको नेकपा (माओवादी केन्द्र) का बिरेन्द्र मगर अध्यक्षमा विजयी हुनु भएको छ ।
नेपाल र भारतका दुई सरकारी निकायबीच अर्धजलाशययुक्त अरुण–४ जलविद्युत् आयोजना निर्माण गर्ने सहमति भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सो सहमति भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री मोदीको उपस्थितिमा सोमबार लुम्बिनीमा आयोजित समारोहमा नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध सञ्चालक नन्दलाल शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
मधेस प्रदेशका जिल्लाको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यहाँका स्थानीय तहमा केही स्थानमा मतगणना सम्पन्न भएको छ, केहीमा मतगणना स्थगित भएको छ भने मतगणना स्थगित भएका केही स्थानमा त्रुटि सच्याएर पुनः मतगणना सुरु भएको छ । यहाँका अधिकांश स्थानीय तहमा मतगणना जारी छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ स्थानीय तहमध्ये सोमबार दिउँसोसम्म ३२ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणामअनुसार नेपाली काँग्रेसले १५, नेकपा (एमाले) ले ११ र नेकपा माओवादी केन्द्रले छ स्थानमा प्रमुख पद जितेको छ । यस्तै उपप्रमुखमा काँग्रेसले १६, एमालेले १२, माओवादीले तीन र नेकपा (एकीकृत समाजवादी) का एक जना निर्वाचित भएका छन् ।
प्रदेश १ का विभिन्न गाउँपालिकाका मतगणनाको परिणाम आउने क्रम जारी छ । विराटनगर महानगरपालिका र उपमहानगरपालिकाको मतगणना प्रारम्भिक चरणमै भइरहेकाले यही पार्टीका उम्मेदवारले जित्छ भन्ने स्थिति बनिसकेको छैन । चम्पादेवीमा काँग्रेसका केसी विजयी ओखलढुङ्गा समाचारदाताका अनुुसार, चम्पादेवी गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका नवराज केसी पुनः निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी अध्यक्षमा निर्वाचित हुनुभएको हो । केसीले ४६१३ मत प्राप्त गर्नुभएको छ भने कार्कीले ४५६० मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा केसी नै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
कर्णाली प्रदेशको स्थानीय तहको मत परिणाम आउने क्रम जारी छ । यस प्रदेशका अधिकांश स्थानीय तहमा मतगणना जारी छ, केहीमा सम्पन्न भएको छ, केहीमा पुनः मतदान हुँदैछ भने केहीमा विवादका कारण मतगणना स्थगित गरिएको छ ।
स्थानीय तह सदस्य पदका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा सार्वजनिक भएको मत परिणामअनुसार सत्तारूढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । मकवानपुर र सिन्धुपाल्चोकमा सत्ता गठबन्धन र एमालेका उम्मेदवार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय राजनीतिका पारङ्गत राजनेतासँगै हिन्दु धर्म तथा पूर्वीय अध्यात्मवादतर्फ समर्पित व्यक्तित्वका रूपमा समेत विश्वभर परिचित हुनुहुन्छ । यसै कडीका रूपमा २५६६औंँ बुद्धजयन्ती नेपालका लागि विशेष अवसरका रूपमा देखियो । यो अनुपम अवसरमा मोदी शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सोमबार आयोजित मूल समारोहमा सहभागी हुनुभयो ।
आज (मे १७) विश्व दूरसञ्चार तथा सूचना समाज दिवस । यो दिवसको प्रमुख उद्देश्य नै अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) स्थापना गर्न पेरिसमा आयोजित सम्मेलनमा संस्थापक सदस्य राष्ट्रका प्रतिनिधिले हस्ताक्षर गरी संस्था स्थापना गरेको दिनको सम्झना गर्नु नै हो ।
स्वरोजगार तथा रोजगारीका प्राथमिकता देश, ठाउँअनुसार फरक–फरक हुन सक्छ । रोजगारदाता आफ्नै लागि काम गर्ने, उत्पादक तथा तलब नपाउने परिवारका सदस्य कामदारको रोजगारी स्वरोजगार हो । तलब यस अर्थमा भुक्तान नगरिएका हुन्छन् कि तिनीहरूसँग निश्चित रकम प्राप्त गर्न औपचारिक सम्झौता गरिएको हुँदैन र आफ्ना लागि आफैँ कामदार हुन्छन् । उनीहरू परिवारका वेतलबी कामदार हुन्छन् र यो विशेषगरी खेती र खुद्रा व्यापारमा यस्तो अवस्था छ । साथै आफ्नै कम्पनीका निर्देशकहरू र कर्पोरेट उद्योगमा आफैँ काम गर्ने सबै व्यक्ति कर्मचारी त मानिन्छ तर वेतन लिएका हुँदैनन् ।
विकास तथा पूर्वाधार निर्माण, समृद्धि, सुशासन र न्यायपूर्ण समाजको निर्माण आधुनिक राज्य प्रणालीका मुख्य मुद्दा हुन् । यी सबैका साझा सवाल पनि हुन् । विकासले सर्वाङ्गीण विकास अथवा चौतर्फी विकास (सामाजिक, आर्थिक, राजनीतिक तथा भौतिक विकास र शिक्षा, स्वास्थ्य, प्रविधिलगायतको परिकल्पना गर्दछ । जुनसुकै वैचारिक धरातल भएको दल सत्तामा पुगे पनि सबैका साझा सवाल यिनै हुन् र हुनुपर्दछ । विकास र समृद्धिलगायतका कुरा कहिलेसम्ममा प्राप्त ग
अहिले विश्वव्यापीकरणको प्रभावले कुनै एक मुलुकमा हुने आर्थिक, सामाजिक तथा राजनीतिक उतारचढावको असर अन्य मुलुकमा पर्नु स्वाभाविक हो । हालै भइरहेको रुस–युक्रेन युद्धले विश्वका सबैजसो मुलुकहरू कुनै न कुनै रूपले प्रभावित भएका छन् । खासगरी विश्वव्यापी मूल्यवृद्धि र इन्धन सङ्कटले धेरै देश प्रभावित भएका छन् । नेपालले पनि यसको सामना गर्दै आएको छ । यसबाट मुलुकको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई दृष्टिगत गर्दै सरकारले विभिन्न उपाय अवलम्बन गर्दै आएको देखिन्छ ।
गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर परिचित तुल्याउन योगदान पुर्याउने बताउनुभएको छ।