काठमाडौं, जेठ २ गते। ललितपुर महानगरपालिकाको वडा नम्बर २ र वडा नम्बर ३ मा नेकपा .एकीकृत समाजवादी) का उम्मेदवार विजयी हुनुभएको छ। ललितपुरको मतगणनास्थलबाट प्राप्त जानकारी अनुसार वडा नम्बर २ मा एकीकृत समाजवादीका राजेश महर्जन १८ सय ३० मतसहित विजयी हुनुभएको हो। उहाँको प्रतिस्पर्धी राजनीतिक दलहरु नेकपा (एमाले) को पक्षमा ६०४, नेपाली कांग्रेसको ५६० र नेकपा (माओवादी केन्द्र) को पक्षमा ४७ मत प्राप्त भएको छ। वडा नम्बर ३ मा एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवार श्रीगोपाल महर्जन एक हजार ८० मत प्राप्त गर्नुभएको छ। सो पदमा कांग्रेसको उम्मेदवारको पक्षमा ६२३ र एमालेको २७५ मत खसेको छ। यसैगरी, वडा नं। १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी हुनुभएको छ। निर्वाचन चिन्ह “पुतली” रहनुभएका तण्डुकारले ६६१ मत प्राप्त गनुहुँदा कांग्रेसका उम्मेदवारको ४२५ र एमालेको पक्षमा ३५१ मत प्राप्त भएको हो। यो मुख्य निर्वाचन अधिकृत कार्यालय, ललितपुरबाट आधिकारिक घोषणा हुन भने बाँकी छ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले पुनः अग्रता लिएको छ।
मुगुको कार्मारोङ गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी हुनुभएको छ। उपाध्यक्षमा भने नेकपा (एमाले)का छिरिङ पुटिक लामा विजयी हुनुभएको छ।
काठमाडौं, जेठ २ गते। काठमाडौं महानगर प्रमुखमा ६३ सय ९८ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै हुनुहुन्छ। प्रमुखमा नेकपा (एमाले)का केशव स्थापित ३३ सय ४७ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह २९ सय ६७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ। महानगरका निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५९२, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ५७३ मत ल्याउनुभएको जानकारी दिनुभयो।यसैगरी, प्रमुखमा निर्वाचन चिह्न तराजुमा ७७, मादलमा आठ, चक्का पाङ्ग्रोमा छ, कुखुराको भालेमा तीन, सुगामा तीन, आँपमा एक, गुलाफको फूलमा एक, खानेपानीको धारामा १७, कैंचीमा एक, लाल्टिनमा एक, क्यापमा २८, अर्नामा एक, तिल्हरीमा एक मत प्राप्त भएको छ। सोमबार साँझ ५ः४५ बजेसम्म १७ हजार ८०८ मतगणना हुँदासम्म सो मत प्राप्त भएको हो। महानगर उपप्रमुखमा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १८ सय ५५ मत प्राप्त गर्नुभएको छ। एमालेका सुनीता डङ्गोलले ६५ सय ५७ मत ल्याउनुभएको छ। उपप्रमुखमा निर्वाचन चिह्न तराजुमा २९३, हलोमा १३ सय ७८ पुतलीमा एक, खरायोमा दुई, भुइँकटरमा एक, आँपमा दुई, लौरोमा ७२५, खाने पानीको धारमा एक, कैंचीमा एक, मुढामा चार, जेब्रामा तीन, क्यापमा ४३ र आँखीझ्यालमा ४३ मत प्राप्त भएको खतिवडाले बताउनुभयो। भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको वैशाख ३१ गते बिहान साढे ९ बजेदेखि मतगणना जारी छ।
काठमाडौं, जेठ २ गते । 'द-बाङ द टुर' रिलोडेडको प्रि 'शो' ठमेलको एलओडी क्लबबाट सुरू हुने भएको छ । कार्यक्रममा सहभागी १० जना नेपाली कलाकारले आगामी बुधबार एलओडीमा प्रस्तुतिसमेत दिने बताइएको छ।पहिलो 'शो' ठमेलमा नेपाली कलाकार सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सन्जु मोक्तान, टुन्ना बेल्ला थापा, प्रवेश कुमार श्रेष्ठ र समीर श्रेष्ठले एकसाथ प्रस्तुति दिनुहुनेछन् । कार्यक्रममा प्रवेश टिकट पाँच हजार रुपैयाँ लाग्ने छ । यस्तै, साेही टिकटले दशरथ रंगशालामा हुने द-बाङ टुरको 'शो' पनि हेर्न पाउनेछन् । बलिउड अभिनेता सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा सांगीतिक कार्यक्रममा हुनेछ । सोही दिनको कार्यक्रममा सहभागी हुने नेपाली कलाकारले एलओडीमा प्रस्तुति दिन लागेका हुन् ।
डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजीत गर्दै जोशी निर्वाचित हुनुभएको हो ।
तनहुँको स्थानीय तहमा पहिलो वडाध्यक्षको रुपमा कान्छीमाया तमाङ प्यानलसहित निर्वाचित हुनुभएको छ । भानु नगरपालिका–१ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको तामाङ निर्वाचित हुनुभएको हो ।
झापाको कमल गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार अग्निप्रसाद कोइरालासहित प्यानल नै निर्वाचित भएको छ । कोइरालाले एक हजार ७३९ मत प्राप्त गर्नुभएको छ ।
गणेश खनालअर्घाखाँची,जेठ २ गते। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा मिश्रित परिणाम आएको छ। नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ गाउँपालिका अध्यक्ष र नेकपा एमालेका मनि शर्मा पन्थी उपाध्यक्षमा विजयी हुनुभएको छ। ८ वडा रहेको गाउँपालिकामा ५ मा एमाले र ३ वटा वडा अध्यक्षमा कांग्रेस विजयी भएको छ। यस्तै अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा एमाले विजयी भएको छ। पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा एमालेबाट टेकराज न्यौपानेले ७ हजार ७ सय ४९ मतसहित विजयी हुनुभएको हो। नेपाली कांग्रेसका अच्युत गौतमले ७ हजार २८ मत ल्याएर पराजित हुनुभयो। उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल ७ हजार ६ सय ६१ मतसहित विजयी हुनुभएको छ। उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत ल्याएर पराजित हुनुभयो।
चार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुई नगरपालिका र दुई गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
डिलबहादुर सिंहडोटी, जेठ २ गते। डोटीका विभिन्न छ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। जिल्लाको जोरायल गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्ष पदमा दुर्गादत्त ओझा र नेपाल कम्युनिष्ट पार्टीकै तर्फबाट उपाध्यक्ष पदमा जमुनाकुमारी बोहरा, आदर्श गाउँपालिकामा नेपाली काँग्रेसका गणेशबहादुर खड्का अध्यक्ष र लक्ष्मी धामी उपाध्यक्ष, बोगटान फुड्सिल गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का कमलबहादुर गड्सिला अध्यक्ष र नेपाली काँग्रेसकी विष्नादेवी बम उपाध्यक्ष, निर्वाचित हुनुभएको छ। यसैगरी सायल गाउँपालिकामा नेपाली कांग्रेसका धर्मराज जोशी अध्यक्ष र नेपाली कांग्रसकै निर्मला ओली उपाध्यक्ष, पूर्वीचौकी गाउँपालिकामा नेपाली काँग्रेसका रामप्रसाद उपाध्याय अध्यक्षमा र नेपाली नेपाली काँग्रेसकै पशुपति खड्का उपाध्यक्ष र बडिकेदार गाउँपालिकामा अध्यक्षमा नेपाली काँग्रेसका भैरवबहादुर साउँद र उपाध्यक्षमा नेपाली काँग्रेसकी डम्मरीकुमारी बिष्ट निर्वाचित हुनुभएको छ। दुई गाउँपालिकामा प्रमुख दोहोरिएडोटीको बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिला र जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा तथा उपाध्यक्ष जमुनाकुमारी बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। बोगटान फुड्सिल गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित गड्सिला नेकपा (माओवादी केन्द्र) र जोरायल गाउँपालिका अध्यक्ष पदमा निर्वाचित ओझा तथा उपाध्यक्ष बोहरा नेकपा (एमाले) को तर्फबाट निर्वाचित हुनुभएको हो।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध लिम्बुवान मञ्च नेपालले जित हासिल गरेको छ ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–७ मा नेपाली कांग्रेसको प्यानलसहित वडा अध्यक्षमा खडक बोहरा निर्वाचित हुनुभएको छ । कांग्रेस क्षेत्र ‘ख’ सभापती समेत रहनुभएका बोहरा निर्वाचित हुनुभएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एमालेको विरासत तोड्दै नेकपा (माओवादी केन्द्र) विजयी भएको छ। मैवाखोलामा सत्ता गठबन्धनबाट अध्यक्ष पदका साझा उम्मेदवार विजयप्रकाश वनेम लिम्बू अत्यधिक मतका साथ विजयी हुनुभएको हो।