वासिङ्टनअमेरिका, चैत २७ गते । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनुभएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटकभन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुनसक्छ।के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छरु“ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको ¥यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गर्नुभयो । ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाउनुभएको छ । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याउनुभयो ।मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भन्नुभएको थियो उहाँ अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबैभन्दा अगाडि भएको देखाएको थियो । –रासस–एएनआई–स्पुतनिक
वासिङ्टन, चैत २८ गते । अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।गोलीबारी स्थानीय समयानुसार आइतबार बिहान १ः२७ बजे डाउनटाउन सिडर र्यापिड्सको ट्याबू नाइटक्लबमा भएको थियो ।गोली लागेर दुई जनाको मृत्यु भएको छ । अन्य घाइते १० जनालाई नजिकैको अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सम्भावित संदिग्धको बारेमा खोजी जारी राखेको छ ।
अम्मान, चैत २८ गते । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।यहाँको रोयल हासेमित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गर्नुभएको बताएको छ ।उहाँको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह द्वितीयले जोर्डनको मन्त्रिपरिषदको उपस्थितिमा यहाँको कार्यकारीका रुपमा सपथ लिनुभएको छ । सो कुरा उक्त कोर्टले विज्ञप्तिमार्फत् आइतबार जानकारी दिएको छ । राजा उपचार गरेर नफर्किँदा सम्म यहाँको राजाले गरी आएका सबै कार्य युवराजले गर्ने गरी यहाँको मन्त्रिपरिषदले उहाँलाई सपथ गराएको हो ।
न्युयोर्क, चैत २८ गते । अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ । मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति प्रकाशन गरेर उहाँलाई कोरोना भाइरस देखिएको जानकारी दिएको अमेरिकाबाट विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।सो विज्ञप्तिमा उहाँलाई भाइरसको त्यस्तै कुनै असर नदेखिएको तर उहाँको स्वास्थ्य रिपोर्ट भने कोरोना पोजेटिभ आएको पाइएको बताइएको छ ।उहाँ आइसोलेसनमा बस्नुभएको र अबको एक हप्ता उहाँले कुनै पनि सार्वजनिक कार्यक्रमहरु सहभागीता नजाउने पनि सो विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।यहाँ अहिले पनि कोरोना भाइरसको प्रकोप देखिएको छ । गत शनिबारको रिपोर्ट अनुसार यहाँ २४ घण्टा भित्रमा १२ हजार ८०० जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।न्युयोर्कमा यहाँका नागरिकलाई कोरोनाको निःशुल्क स्वास्थ्य जाँच र निःशुल्क औषधि उपलब्ध गराइएको छ ।यहाँ अहिलेसम्म आठ करोड नागरिकलाई कोरोना पोजेटिभ देखिएको छ । अमेरिका कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएका विश्वका देशहरुमध्येमा पर्दछ ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, चैत २३ गते । विश्वकै कला महोत्सवमध्ये प्रमुख मानिने ‘भेनिस विएनाले’ मा नेपालले पहिलोपटक सहभागिता जनाउने भएको छ । इटलीको भेनिसमा ५९ औं भेनिस विएनाले वैशाख १० गतेदेखि सुरु हुँदैछ । सन् १८९५ देखि हरेक दुई दुई वर्षमा सो कला महोत्सव सञ्चालन हुँदै आएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनद्वारा संयक्त रुपमा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । छ महिनासम्म सञ्चालन हुने कला महोत्सवमा नेपालको सहभागिताले नेपाली कलाको प्रवद्र्धनमा सहयोग पुग्ने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताउनुभयो ।सिद्धार्थ आर्ट फाउण्डेसनकी निर्देशक संगीता थापाका अनुसार, रुविन म्युजियम अफ आर्ट, अमेरिकाले यस महोत्सवका लागि नेपाल प्रदर्शनी कक्ष उपलब्ध गराएको छ । महोत्सवका लागि हितमान गुरुङ र सिलाशा राजभण्डारीले क्युरेटिङको जिम्मा लिनुभएको छ । सो महोत्सवमा कलाकार आङछिरिङ शेर्पाले अन्य नेपाली कलाकारसँगको सहकार्यमा तयार पारिएका कलाको प्रदर्शनी गरिने जनाइएको छ । कलाकार आङछिरिङले आशा राई, विजय महर्जन, दुर्गा श्रेष्ठ, कर्म लामा, मउण्ट रिफ््युज, पासाङ लामा, फुर्वा ह्योल्मो, रमेश श्रेष्ठ, सजल सिवाकोटी, सङ्गीता महर्जन, सुनिलबहादुर मोक्तान, हिमालयन आर्ट ग्यालरी, भुटि उख्याव, जाङ्बु लामा, ङवाङ्ग लुढुप र उर्गेन दोर्जे शेर्पासँगको सहकार्यमा तयार पारिएका कला महोत्सवमा प्रदर्शन गरिने जनाइएको छ ।कलाकार आङछिरिङले भन्नुभयो, “कलाको त्यो विश्व महोत्सवमा नेपाली कला र कलाकारको सहभागिता निकै महत्वपूर्ण छ । यसले नेपाली कलालाई हस्ताकलाको रुपमा मात्र बुझ्ने विश्व बजारमा नेपाली विशिष्ट कलाको परिचय गराउन सहयोग पुर्याउँछ ।”
काठमाडौं, चैत २६ गते। ‘राष्ट्रिय लोकदोहोरी महोत्सव–२०७८’ शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। महोत्सव पाँच दिनसम्म चल्नेछ। महोत्सवलाई डीएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको हो।महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नुभयो। उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा इतिहास, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले वास्तविक अभिव्यक्ति त्यहाँ मात्र पाइने उल्लेख गर्नुभयो।उपराष्ट्रपति पुनले विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति भएको बताउनुभयो। ‘कुनैबेला समुदाय विशेषका मेला, पाखा, वनजंगल, रोधी, चौतारी, विवाहलगायत विभिन्न उत्सवमा दोहोरी गीत गाउने चलन थियो’, उपराष्ट्रपति पुनले भन्नुभयो, ‘लोकदोहोरी आज गाउँबाट सहर पसेको छ। सहरमात्र होइन। विश्वका विभिन्न मुलुकमा पुगेको छ।’दोहोरी गीत सुन्दा जस्तो आनन्द, रोमाञ्चकता र उत्सुकता अरु गीतमा नहुने उहाँको भनाइ छ। विभिन्न जात–जातिका संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भएर महोत्सव टुँडिखेलमा सुरु भएको हो।
लक्ष्मी चौधरीजनकपुरधाम, चैत २८ गते । जनकपुरधामस्थित सञ्चालित तीन दिवसीय साहित्य, कला तथा नाट्य महोत्सवमा युवाको मिथिला चित्रकलाप्रति आकर्षण तथा लगाव बढ्दै गएको देखिन्छ । युवाहरू अध्ययन अन्य विषयमा गरे पनि लगाव भने मिथिला चित्रकलातिर भएको बताउँछन् । मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भइरहेको तीन दिवसीय उक्त महोत्सवमा मिथिला चित्रकला प्रदर्शनीमा आफ्ना कला प्रदर्शन गरिरहनुभएकी मनीषा साहले मिथिला लोक कलालाई मोर्डन मिथिला कलामार्फत प्रस्तुत गर्दै आइरहनुभएको छ । चित्रकलाप्रति युवाको आकर्षण बढिरहेको त्यसैअनुरूप बजार व्यवस्थापन भइदिएको भए आर्थिक रूपले पनि सबल हुने उहाँ बताउनुहुन्छ ।महोत्सवमा बनाएको चित्रकला प्रदर्शनी गरिरहनुभएकी २२ वर्षीया मनिका शाह आफ्नो उज्ज्वल भविष्य मिथिला चित्रकलामा नै देख्नुहुन्छ । कम्प्युटरमा डिप्लोमा गरे पनि मिथिला चित्रकलामै काम गर्न मन पराउने उहाँको भनाइ छ । मनीषा र मनिका दुवैजना भन्नुहुन्छ, “चित्रकलाबाट हामी सन्तुष्ट छौँ । महोत्सवमा आएका पाहुनाले कम्तीमा पनि चित्रकलाका स्टलमा भिजिट गरिदिए मिथिला कला प्रवद्र्धनमा निकै सहयोग पुग्ने उहाँहरू बताउनुहुन्छ । मिथिला चित्रकलाका साथै महोत्सवमा मैथिली भाषाका पुस्तक, मिथिला क्षेत्रका देवीदेवताका माटाका प्रतिमा समेत प्रदर्शनीमा राखिएको थियो ।
शिवा तामाङकाठमाडौँ, चैत २८ गते । ललितकला पत्रकार समाज (सोफाज) ले ललितकला पत्रकारिता क्षेत्रमा योगदान गरेकालाई सम्मानित एवं पुरस्कृत गरेको छ । समाजद्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा मधुपर्कका सम्पादक जयदेव भट्टराईलाई सोफाज ललितकला पत्रकारिता सम्मान प्रदान गरिएको छ ।त्यसैगरी पत्रकारद्वय सुशिला तामाङलाई सोफाज लक्ष्मीमाया कुमाले पुरस्कार, र नारायण ढुङ्गानालाई नारायणबहादुर सिंह पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा सम्मान तथा पुरस्कार प्राप्त गर्नुहुने व्यक्तित्वहरू सबैलाई जनही एघार हजार १११ रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले कलाकारिता र इन्जिनियरिङ विषय एकअर्कासँग जोडिएको विषय भएको बताउनुभयो । पुस्तौंदेखि कलालाई व्यवसायिक रूपमा गरिरहनुभएका कलाकारलाई आफ्नै घरमा कला सिर्जना गर्दा प्रयोगात्मक अभ्यास गर्न पाउनेगरी कलाका पाठ्यक्रम तयार गरी उहाँहरूलाई सैदान्तिक र शैक्षिक योग्यतासहित अगाडि बढ्न मौका दिनुपर्ने बताउनुभयो ।कार्यक्रममा सम्मानित व्यक्तित्व मधुपर्कका सम्पादक जयदेव भट्टराईले ललितकला पत्रकार समाजले सम्झेर सम्मानित गरेर आफुलाई काम गर्न थप प्रेरित गरेको बताउनुभयो । समाजका अध्यक्ष केशवराज खनालले ललितकला पत्रकारितामा कलम चलाउने पत्रकार तथा यस कर्मका लागि प्रेरित गर्ने व्यक्तित्वलाई हौसला प्रदान गर्न समाजले विगत सात वर्षदेखि पुरस्कार प्रदान गर्दैआएको बताउनुभयो ।समाजका उपाध्यक्ष मधु शाहीले ललितकला विधामा पत्रकार खोज्नुपर्ने सङ्ख्यामा रहेको बताउनुभयो । यस विधामा पत्रकार कम टिक्ने, कलाकार, कलाक्षेत्रको साझा प्रयासले पत्रकारलाई प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।
गोरखापत्र अनलाइनकाठमाडौं, चैत २९ गते । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्रै उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने भनिएको यसअघि गरेको निर्णय सच्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख गर्नुभएको हो । आयोगले चैत १६ गते राजनीतिक दलहरुलाई दिइएको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ भनेर आयोगले प्रष्ट पारेको छ ।राजनीतिक दललाई दिइएको यसअघिको १७ बुँदे निर्देशनको बुँदा नम्बर ६ मा ‘यसअघि स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्ने,’ उल्लेख थियो ।
जयकृष्ण यादव इनरुवा, चैत २९ गते । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काँग्रेस सुनसरीले ‘घरघर जाऔं, काँग्रेस जिताऔंं’ अभियानको अन्तिम दिन जिल्ला भेला सम्पन्न गरेको छ । काँग्रेसले जिल्लाको १२ स्थानीय तहको १२४ वटै वडामा पार्टीको सम्पर्क र पार्टी कार्यालय स्थापनादेखि टोल तथा वडा भेला कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला उम्मेदबारका आकाक्षीहरुको उपस्थितिमा जिल्ला भेला सम्पन्न भएको पार्टी जिल्ला सचिव विरेन्द्र साहले जानकारी दिनुभयो । कार्यक्रममा प्रत्येक क्षेत्र र पालिकाबाट पार्टीको ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियान सफल पार्ने काम भएको बताइएको छ । विगतमा ९ स्थानीय तह जितेकोमा यसपाली सबै क्षेत्र जित्नेगरी तयारी भएको काँग्रेसले दावी गरेको छ । काँग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पार्टीको जोकोही नेताले टिकट पाएपनि काँग्रेंसले नै जित्ने बताउनुभयो । टिकट कसले पायो भन्दा पार्टीलाई कसरी मजबुत बनाउने र जिताउने भन्नेमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो । काँग्रेंस सुनसरी पार्टी कार्यालयमा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्नुहुदै गच्छदारले पार्टीमा एक पद एक उम्मेदबारको नीति रहेकाले चित्त नदुखाउन आग्रह गर्नुभयो ।काँग्रेंसका केन्द्रिय सदस्य राजिव कोईराला, संघीय सासद सिताराम मेहता, प्रदेश सांसद ताहिर मियाँ, सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यहरुको उपस्थिति थियो ।
काठमाडौँ, चैत २९ गते । शिक्षामा सबैको पहुँच हुनुपर्छ भन्ने धारणा बोक्नुभएको सुनिता डङ्गोल सौन्दर्य प्रतियोगिता मिस नेवाः को विजेता मात्र भएर सीमित रहनुभएन । नेपाल भाषाको लिपिलाई देश–विदेशमा रहेका युवा पुस्तालाई जागरुक गराउने अभियान नै चलाउनुभयो । नेपाल भाषाको लिपिलाई युवा पुस्ताले सिक्नुपर्छ र जोगाउनुपर्ने भन्ने धारणाका साथ अघि बढिरहनुभयो । फलस्वरूप अहिले नेपाल भाषाको लिपि सिक्ने दस गुणाले बढेको बताउनुहुन्छ । लोप हुन लागेको लिपिलाई पुनः जागरुक गराउनुभएको डङ्गोलले नेवार मात्र नभएर गैरनेवारहरूको पनि सम्पत्ति हो भन्ने जनचेतना जगाउनुभयो ।कला संस्कृतिको संरक्षण र प्रवर्धनमा सदैव अघि बढिरहनुभएको डङ्गोल विभिन्न कार्यक्रमको सञ्चालन, मोडरेट गर्दै नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ । सांस्कृतिक अभियन्ताका रूपमा नेपाल चिनाउन जुट्नुभएको उहाँले सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गरिसक्नुभयो । अन्तर्राष्ट्रिय टाइपोग्राफी सङ्घको सञ्चालक समितिमा समेत रहनुभएको डङ्गोल आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँको काम र योजनाबारे गोरखापत्रले गरेको कुराकानी : मिस नेवा भइसकेपछिको मुख्य काम के गर्नुभयो ?सन् २०११ मा मैले मिस नेवाको ताज जितेको हो । यो प्रतियोगिता जितेपछि समाजप्रतिको दायित्व बोध गरायो । त्यस अवधिमा मैले समाज सेवा गर्ने रोजेँ । बालबालिका र शिक्षाको विकास गर्ने मेरो योजना भयो । ‘हाम्रो शिक्षा आँखा माथि’ भन्ने नाराका साथ राजधानीमा मात्र नभएर गाउँ–गाउँमा बालबालिकालाई शिक्षित गर्न हामीले शैक्षिक सामग्रीको सहयोग ग¥यौँ र दशैँमा लुगा पनि विद्यालयको ड्रेस प्रदान ग¥यौँ, जसले गर्दा बालबालिका विद्यालय जान उत्साहित आओस्, अहिले पनि यो अभियान चलिरहेको छ । यतिले मात्र भएन, हाम्रो संस्कृतिलाई पनि बचाउनुपर्छ भन्ने आत्मबोधले हाम्रो कला संस्कृतिलाई विज्ञानसँग जोडेर हेर्न थालेँ । नेपाल भाषाको लिपि विकासका लागि पनि लागिपर्नुभएको छ ?कला, संस्कृति परम्परा बुझ्ने क्रममा मैले लिपि सिक्न गएँ । भाषाको कुरा गर्ने हो भने लिपि सिक्नुपर्छ तर भाषा सिक्दा लिपि सिक्नुपर्छ भन्ने जमात न्यून रहेको देखेँ । लिपि हुन्छ भन्ने थाहा नपाएको जमात धेरै थियो । यो नेवारको मात्र सम्पत्ति होइन गैरनेवारको पनि हो । देशकै सम्पत्ति हो भन्ने लागेपछि युवाहरूलाई कसरी सिक्न लगाउने भन्ने योजना बनायो । त्यसपछि सार्वजनिक स्थलमा कार्यक्रम गर्न थाल्यो । रञ्जना लिपिबाट नाम लेखेर दियौँ र सिकाउन थाल्यौँ । नेपाल र रञ्जना लिपिको विकासका लागि सक्दो प्रयास ग¥यौँ । जसले गर्दा सिक्न आउनेमा १० गुणाले बढ्यो । अनलाइनमार्फत सिक्नेहरू झन् बढ्न थाल्यो । कोरोना महामारीलाई पनि अवसरका रूपमा लियौँ, भाषा लिपि सिक्न चाहनेलाई अनलाइन कक्षा दियौँ, भिडियो बनायौँ । हामीले विद्यायलको पाठ्यक्रममा पनि नेपाल भाषालाई समावेश गरायौँ । लिपि सिक्न आउनेको सङ्ख्या कस्तो छ ?हाम्रो यो अभियान पछि देश विदेशबाट सिक्न आउनेको सङ्ख्या उल्लेख्य रहेको छ । जसमा नेवार र गैरनेवार पनि धेरै हुनुहुन्छ । धेरै फिल्डका मानिस आइरहेका छन् । भाषामा मात्र नभएर सडक मानवको पनि उद्धार गर्नुभयो ?मैले काठमाडौँ महानगरपालिकामा सहरी योजना आयोगमा सहायक विज्ञका रूपमा काम गर्ने मौका पाएँ । यसरी काम गरिरहँदा महानगरलाई बुझ्ने अवसर प्राप्त भयो । त्यहाँ काम गर्दै जाँदा सडक मानव धेरै रहेको देखियो । उहाँहरूको समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने काम ग¥यौँ, दिन–रात भनिन् । पुस माघको जाडोमा रातको ११–१२ बजेसम्म सडक मानव उद्धार गर्ने कार्य गरियो । जाडोका कारण कोही पनि कठ्याङ्ग्रिएर नमरोस् भन्ने उद्देश्य थियो । मेयरमा उठ्ने पनि हल्ला छ ?राजनीतिबाट देशको अझ विकास गर्न सक्ने भएकोले मेयरमा उठ्न लागेको हो । सरकारसमक्ष पुग्न राजनीतिमा नै लाग्नुपर्ने रहेछ, त्यसैले यस क्षेत्रमा पाइला टेकेकी हुँ । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम उपयोग गर्दै यो सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौँको मेयर बन्ने सोच राखेकी हुँ । वैशाखको पहिलो हप्तापछि मैले आफ्नो उम्मेदवारी स्वतन्त्र या दलबाट भन्ने जनतालाई स्पष्ट गर्ने छु । सम्पदा संरक्षण, पुरातात्त्विक वस्तुहरूको प्रवर्धनका लागि योजना के के छन् ?काठमाडौँभित्र रहेका बहाल बहिलहरूको संरक्षण तथा प्रवर्धनमा गर्न बहा बही संरक्षण तथा प्रवद्र्धन विकास समिति स्थापना गरिनेछ । कामपा क्षेत्रका सार्वजनिक जग्गा, सत्तल पाटी, पौवा, मठ–मन्दिर र अन्य सम्पदाको संरक्षण गर्छौं । काठमाडौँको कला संस्कृति संरक्षण र प्रवद्र्धन गर्न महानगरीय सङ्ग्रहालयको स्थापना गर्छौं । स्थानीय कला, साहित्य, लिपि तथा भाषाको संरक्षण तथा संवर्धनका लागि आवश्यक व्यवस्था गर्ने योजना छ ।
काठमाडौँ, चैत २६ गते । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि विभागी टोली नेपाल पुलिस क्लबले जितेको छ । पाल्पाको पर्यटकीय धरोहर रानीमहल किनारमा शनिबार भएको फाइनल खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा हरायो ।कमला पुन र मनिषा चौधरी सम्मिलित पुलिसको जोडीले लुम्बिनीका भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई २१–८, २१–१७ ले हरायो । उपाधिसँगै पुलिसले एक लाख रुपियाँ पुरस्कार पायो । उपविजेता लुम्बिनीले ५० हजार रुपियाँ प्राप्त गर्यो । च्याम्पियन टोलीका दुवै खेलाडीले बास्तविक सुनको पदक समेत पाउनुभयो । पुलिसकी कमला पुन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पनि पाउनुभयो ।यसअघि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशले गण्डकीलाई २–० को सोझो सेटमा हरायो । भागरथी जोशी र बविता बोहरा सम्मिलित जोडीले पवित्रा बिसी र रेवीना घर्तीमगरको जोडीलाई २१–१२, २१–१७ ले स्तब्ध बनायो । तेस्रो भएको सुदूरपश्चिमले ३० हजार तथा चौथो भएको गण्डकीले २० हजार रुपियाँ पुरस्कार पायो ।प्रतियोगिताको दौरानमा आयोजक सञ्जय स्मृति फाउन्डेसनले राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कोपिला उप्रेतीलाई जनही १५ हजार रुपियाँ सहित सम्मान पत्रबाट सम्मानित गरेको थियो । सोही अवसरमा प्रतियोगिताका सद्भावनादूत नायक धिरेन शाक्यलाई पनि सम्मान गरेको थियो ।पाल्पाको रानीमहल स्थित कालीगन्डकी किनारलाई खेलकुदको माध्यमबाट पनि प्रचारप्रसार गर्नका लागि पहिलो पटक बीच भलिबल प्रतियोगिता आयोजना गरिएको हो । तीनदिने प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबले भाग लिएका थिए ।विजेतालाई पूर्व गभर्नर डा. चिरन्जीवी नेपाल, सञ्जय फाउन्डेसनकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्य लगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितालाई आगामी बर्षपनि निरन्तरता दिने अध्यक्ष मास्केले बताउनुभयो ।
गोविन्द रेग्मीकाठमाडौँ, चैत २५ गते । पाल्पाको ऐतिहासिक धरोहर रानीमहल आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तब्य हो । १३६ वर्ष पहिले पाल्पाका राजा खड्क शमसेरले आफ्नो रानी तेजकुमारीको सम्झनामा बनाएको यो दरवार अवलोकन गर्न बर्षेनी हजारौँ पर्यटक आउने गर्छन् । नेपालको ताजमहल अर्थात् रानीमहल प्रेमको प्रतिक भएकाले पनि प्रेमिल जोडीहरु त्यहाँ पुग्ने गरेका छन् ।कोभिड-१९ का कारण पछिल्लो दुई बर्ष रानीमहलको अवलोकन र कालीगन्डकीको र्याफ्टिङ ठप्प जस्तै भयो । अहिले कोरोना संक्रमण दर कम भएसँगै रानीमलमा आन्तरिक पर्यटकको चहल पहल बढेको छ । गर्मी मौसममा कालीगन्डकीको जिसो पानीमा र्याफ्टिङ गर्दै रामीमहलको अवलोकन गर्ने पर्यटकको भिड लाग्न थालेको छ ।यही मौकामा सञ्जय स्मृति मेमोरियल फाउन्डेसनले रानीमहलको काखमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना गरेर यस क्षेत्रलाई थप चर्चित बनाउने कामको समेत थालनी गरेको छ । ‘रानीमहललाई खेलकुद पर्यटकको नयाँ गन्तब्यको रुपमा विकास गर्न र यहाँ बिच भलिबल खेलको सम्भावनालाई मध्यनजर गरेर स्वर्गीय श्रीमान सञ्जयको स्मृतिमा प्रतयोगिता सुरुवात गरेकी हुँ,’ भलिबल प्रेमी एवं नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले भन्नुभयो ।रानीमहल किनार बीच भलिबल, र्याफ्टिङ र अल्ट्रा रेसको लागि उत्कृष्ट गन्तब्य भएकोले सरकार खेलकुदसँगै यस क्षेत्रको संरक्षण र विकास गर्न लागि परेको युवा तथा खेलकुद सचिव डा. दामोदर रेग्मीले बताउनुभयो ।‘रानीमहल अहिले कालीगन्डकी नदीको कटानका कारण उच्च जोखिममा परेको छ । नदीको बहावलाई कम गरी ड्याम लगाएर महलको संरक्षण गर्न सरकारको तर्फबाट प्रयास गरिरहेका छौँ,’ सचिव रेग्मीले भन्नुभयो । रानीमहल क्षेत्रलाई खेलकुद हव बनाउन स्थानीय व्यक्तिको समन्वय, सहयोग र अग्रसरता थप महत्वपूर्ण हुने पूर्व गभर्नर एवं पाल्पाकै स्थानीय बासिन्दा डा.जिरन्जीवी नेपालले बताउनुभयो ।पुलिस र लुम्बिनी फाइनलमाबिच भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा हराएको छ । पुलिसले गण्डकीमाथि २१–१९, २१–९ को जित निकालेको हो ।अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई २१–१७, २१–१४ को सेटमा स्तब्ध बनायो । तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । चैत २४ गतेदेखि सञ्चालित तीनदिने बिच भलिबल प्रतियोगितामा सात प्रदेश, विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबगरी नौ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
तनहुँ, चैत २९ गते । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पूर्पक्षका लागि तनहुँ कारागारमा रहनु भएका कलाकार पल शाहसँग मङ्गलबारबाट नवलपुर जिल्ला अदालत कावासोतीले थुनछेक बहस सुरु गरेको छ । कलाकार पल शाहलाई बहसका लागि मङ्गलबार नवलपुर लगिएको थियो । कावासोतीस्थित नवलपुर जिल्ला अदालतले थुनछेक बहसका लागि पत्र आएकाले मङ्गलबार नवलपरासी पठाइएको तनहुँ कागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।कलाकारका शाहलाई तनहुँका अतिरिक्त पूर्वी नवलपरासीमा पनि बालिकामाथि यौन शोषण गरेको आरोपमा उजुरी परेको थियो । सरकारी वकिल कार्यालय नवलपरासीले नवलपुर जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गरेकाले थुनछेक बहसका लागि तनहुँबाट नवलपुर पठाइएको छ । तनहुँमाजस्तै शाहविरुद्ध १२ देखि १४ वर्ष सजायको माग दावी र मुनासिब क्षतिपूर्तिको माग गर्दै नवलपुरमा मुद्दा दर्ता गरिएको थियो ।जिल्ला प्रहरी कार्यालय नवलपुरले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । नाबालिका भनिएका गायिकाको उमेर १५ वर्ष ९ महिना ११ दिन रहेको जाहेरीमा उल्लेख गरिएको छ । अभिनेता शाहको बयान सकिएपछि वादी र प्रतिवादीको तर्फबाट अदालतमा बहस हुनेछ । दुवै पक्षका वकिलले बहस गरेपछि थुनछेक आदेश हुने प्रावधान छ ।थुनछेकमार्फत् शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने आदेश सुनाइन्छ । तनहुँमा पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । शाहका वकिलहरुले तनहुँ जिल्ला अदालतको पूर्पक्षका लागि तनहुँ कारागारमा आदेशविरुद्ध चैत १५ मा निवेदन दिनुभएको थियो । निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदर गरी तारेखमा रिहा गर्न माग गरिएको छ ।
काठमाडौँ, चैत २८ गते । इङ्लिस प्रिमियर लिगको शीर्षटोली म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सिटीको घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।घरेलु मैदानमा सिटीले दुईपटक अग्रता लिए पनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्नुभयो । लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा सिटीले पाँचौँ मिनेटमा अग्रता लिएको थियो ।कप्तान केभिन डि ब्रुयनले बर्नाडो सिल्भाको पासमा गोल फर्काउनु भएको हो । तर सिटीको त्यो अग्रता लामो समय टिकेन । १३औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३६औँ मिनेटमा गाब्रियल जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा पुनः अग्रता लियो । त्यसपछि दोस्रो हाफको सुरुवातमै लिभरपुलले बराबरी गोल फर्कायो । ४६औँ मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो ।२–२ गोलको बराबरीमा ल्याए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपनि अफसाइड त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले एक एक अङ्क बाँडे । बराबरीसागै शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७३ अङ्क छ । एजेन्सी