तिलाचन पाण्डेतम्घास, जेठ २ गते । जिल्लाको मदाने गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी हुनुभएको छ । उहाँले ४ हजार ७०७ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका प्रेम केशीले ४ हजार २११ मत ल्याउनुभएको हो ।यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का विजयी हुनुभएको छ । उहाँले ४ हजार ५६७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका बेगमबहादुर चन्दले ४ हजार २११ मत ल्याउनुभएको हो । उपाध्यक्ष सरिता खड्का यस अगाडी पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।
चाँदनी आचार्यघोडाघोडी(कैलाली), जेठ २ गते । स्थानीय तह १३ वटा रहेको कैलालीमा मतगणना सम्पन्न हुने पालिकामा चुरे पहिलो पालिका बनेको छ । सोमबार उक्त पालिकामा मतगणना सम्पन्न भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार चुरे गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले)का उम्मेदवार चक्रबहादुर बोगटी विजयी हुनुभएको हो । नेकपा समाजवादीका अध्यक्ष उम्मेदवार लोकबहादुर सारुलाई २४ मतान्तरले पछाडि पार्दै बोगटी विजयी हुनुभएको हो । नवनिर्वाचित बोगटीले तीन हजार ३०५ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार सारुले तीनहजार २८१ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी उक्त पालिकामा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धना थापा विजयी हुनुभएको छ । थापाले तीनहजार ४४९ मत प्राप्त गरी विजय हुनुभएको सहायक निर्वाचन अधिकृत नन्दलाल पाण्डेले जानकारी दिनुभयो । उक्त पालिकामा नेपाली कांग्रेस र समाजवादीले गठबन्धन गरेको थियो । ६ वटा वडा रहेको उक्त पालिकामा २ वटा वडाको अध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । वडा नम्बर १ को अध्यक्षमा डम्बर बहादुर सिंह र वडा नम्बर ३ को वडाध्यक्षमा खगेन्द्र खडायत विजयी हुनुभएको छ । नेकपा (एमाले)बाट वडा नम्बर २ मा केशव साउँद, ४ मा चन्द्रबहादुर लामिछाने मगर, ५ मा बीरबहादुर धामी र ६ मा प्रेम बहादुर साउँद अध्यक्षमा विजयी हुनुभएको छ ।
होमोफोविया, बाइफोविया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मङ्गलबार मनाइदै छ । ‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भने नाराका साथ दिवश मनाउन लागिएको हो ।
नेत्र शाही जुम्ला, जेठ २ गते । जुम्लाको हिमा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष लक्ष्मणबहादुर शाही विजयी हुनुभएको छ । उपाध्यक्षमा नेपाली काँग्रेसकै सुपर्ना शाही विजयी हुनुभएको हो । अध्यक्ष शाहीले एकहजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष रजनकलाले एकहजार पाँच सय १८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रत्याशी नेकपा माओवादीका अमरजंग शाहीले एक हजार चार सय ८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गर्नुभएको छ । हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जीत हाशिल गरको थियो । अध्यक्ष रजवहादुर शाही र उपाध्यक्ष हिमाली रोकाया विजयी भएका थिए । जिल्ला निर्वाचन कार्यालयका अनुसार हिमा गाउँपालिकामा चारहजार आठसय ४७ मत खसेको थियो ।
ठूलीभेरीनगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका सुवर्ण बुढाले कुलखसेको चार हजार १७८ मतमा एक हजार २८६ मत ल्याएर ठूलीभेरी नगरपालिकाको प्रमुखमा विजयी हुनुभएको हो ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । प्रतिष्ठान विज्ञप्ती निकाल्दै हप्तामा छ दिन नै ओपीडी सेवा सञ्चालन गरी सेवा पु-याउने जनाएको हो ।
रेखीराम रानापाल्पा, जेठ २ गते । पाल्पाको माथागढी गाउँपालिकामा एमालेबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका दुबैजना विजयी भएका छन् । पालिकाको अध्यक्षमा यम चिदीमगर र उपाध्यक्षमा विष्णु माया लुङ्चमगरे निर्वाचित हुनु भएको हो । यसअघि २०७४ सालको निर्वाचनमा काङ्ग्रेसले क्लिन स्वीप पारेको गाउँपालिकामा अहिले एमालेका उम्मेद्वारहरू विजयी भएका हुन् । अध्यक्षमा चिदीले ६ हजार १ सय ९, उहाँका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमार थापाले ५ हजार ५ सय ५४ मत ल्याउनु भएको छ । उपाध्यक्ष लुङ्चेले ५ हजार ८ सय ८२ र काङ्ग्रेसकी विजय भट्टराई ५ हजार ६ सय ४४ मत ल्याएर दोस्रो हुनुभएको छ ।माथागढीमा रहेका ८ वटा वडामध्ये चार वटामा नेपाली काङ्ग्रेस र चार वटामा एमालेका उम्मेदवारले जितेका छन् । पाल्पामा हालसम्म एमालेले मात्रै माथागढी, पूर्वखोला र तिनाउ गाउँपालिकामा अध्यक्षमा जित हासिल गरेको छ ।
काठमाडौं, जेठ २ गते । कलाकार तथा पाइलट क्याप्टेन विजय लामालाई पितृशोक परेको छ । आइतबार दिउँसो मनमोहन अस्पतालमा उहाँले अन्तिम सास लिएको लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।लामाका पिताको दुई हप्तादेखि मनमोहन अस्पतालको सिसियुमा उपचार भइरहेको थियो । लामाले फेसबुकमा बाबुछोराको फोटोसहित भावुक स्टाटस लेख्नुभएको छ । “मेरो जन्म दिने आमा बाबुको अन्तिम घडीमा म उहाँहरूसँगै भएकोमा आफूलााई भाग्यशाली ठान्दछु । तर के गर्नु आखिर मन त हो भक्कानिएर रुनु मात्र खोज्छ जति रोक्न कोसिस गरे पनि,” लामाले लेख्नुभएको छ ।सोमबार बुद्ध जयन्तीको दिन बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिनेसमेत लामाले जानकारी दिनुभएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिका–११ रोवामा जनता समाजवादीका उम्मेदवार कुञ्जुमा कुमाइ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।उहाँ जिल्लामै पहिलो वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्रले विजय हाँसिल गरेको छ । सोमबार दिउँसो सम्पन्न भएको मतगणना अनुसार अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय सानीभेरीले जनाएको छ ।
छ वटा वडा रहेको हुप्सेकोट गाउँपालिकामा पाँच वटा वडामा मतगणना सम्पन्न भइसकेको छ । मतगणना सकिएका सबै वडामा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी भएका छन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताउनुभएको छ ।
गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १२ वटा स्थानीय तहमा मतगणना कार्य भइरहेको छ । सोमबार मध्याह्न साढे १२ बजेसम्म जिल्लाको १२ वटा स्थानीय तहका ४४ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
काठमाडौं, जेठ २ गते । गायक राज के गोस्वामीले नयाँ गीत 'चाहिँदैन मलाई' सार्वजनिक गर्नुभएको छ । नेपाली टचको प्रस्तुतिमा तयार भएको यो गीतको म्युजिक भिडियोलाई गायक गोस्वामीले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो। गीतमा गायक धर्मेन्द्र सेवानको शब्द तथा संगीत रहेको छ । यस्तै, गीतलाई प्रज्वल लामाले संगीत संयोजन गर्नुभएको हो । भिडियो सार्वजनिक गर्दै गायक गोस्वामीले लेख्नुभएको छ, 'संगीत मेरो लागि आत्मसन्तुष्टि हो । एउटा तृप्त हुने कृति प्रस्तुत गर्न पाउँदा आनन्दित छु ।'गीतको भिडियोलाई बिजेश पौडेलले निर्देशन गर्नुभएको हो ।