• १९ असार २०८१, बुधबार

काभ्रेका २० वडामा काँग्रेसका उम्मेदवार विजयी

blog

केदार तिमल्सिना
बनेपा, जेठ २ गते ।
स्थानीय तह निर्वाचनअन्तर्गत जिल्लाका १२ वटा स्थानीय तहमा मतगणना कार्य भइरहेको छ । सोमबार मध्याह्न साढे १२ बजेसम्म जिल्लाको १२ वटा स्थानीय तहका ४४ वटा वडाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी वडामा विजयी हासिल गरेको छ ।

नजिता अनुसार कांग्रेसले काभ्रेको २० वटा वडामा वडा अध्यक्ष जितेको छ । एमालेले जिल्लाको १७ वटा, नेकपा (माओवादी केन्द्र)ले जिल्लाको छ वडा र एउटा वडामा स्वतन्त्र उम्मेवार विजयी भएका छन् ।

यसैगरी, काँग्रेसले जिल्लाको धुलिखेल नगरपालिकाको १, ४, ६ वडा, रोशी गाउँपालिकाको २ र १२, मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर २ र ३, पनौती नगरपालिकाको वडा नम्बर १, बनेपा नगरपालिका–२ र ३ वडामा जितेको छ ।

यसैगरी, जिल्लाको महाभारत गाउँपालिका–२ र ३, भुम्लु गाउँपालिका–२ र ५, चौरीदेउराली–२, बेथानचोक–१ र नमोबुद्ध नगरपालिका–२ र ३ मा विजयी भएको छ ।

नेकपा एमालेले जिल्लाको धुलिखेल नगरपालिका–२, ३ र ५, मण्डनदेउपुर नगरपालिका–१ र ४, भुम्लु गाउँपालिका–३, ४, ६ र ७, तेमाल गाउँपालिका–१, पनौती नगरपालिका–२ र ३, बनेपा नगरपालिका–१, ४र ५ चौरीदेउराली–१ र रोशी गाउँपालिका–१ वडामा विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रले जिल्लाको खानीखोला गाउँपालिका–१ र ३, भुम्लु गाउँपालिका–१, महाभारत गाउँपालिका–१ र ४ तथा चौरीदेउराली गाउँपालिका–३ मा विजयी भएको छ भने जिल्लाको नमोबुद्ध नगरपालिका–१ मा स्वतन्त्र उम्मेदवारले वडा अध्यक्ष जितेका छन् । काभ्रेमा १३ वटा स्थानीय तहमा १३५ वटा वडा रहेका छन् ।