• १९ असार २०८१, बुधबार

मदाने गाउँपालिकामा कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी

blog

तिलाचन पाण्डे

तम्घास, जेठ २ गते । जिल्लाको मदाने गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी हुनुभएको छ । 

उहाँले ४ हजार ७०७ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका प्रेम केशीले ४ हजार २११ मत ल्याउनुभएको हो ।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी सरिता खड्का विजयी हुनुभएको छ । उहाँले ४ हजार ५६७ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादी केन्द्रका बेगमबहादुर चन्दले ४ हजार २११ मत ल्याउनुभएको हो । 

उपाध्यक्ष सरिता खड्का यस अगाडी पनि उपाध्यक्ष नै हुनुहुन्थ्यो ।