• ८ जेठ २०८१, मङ्गलबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने

blog

काठमाडौं, जेठ २ गते । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । प्रतिष्ठान विज्ञप्ति निकाल्दै हप्तामा छ दिन नै ओपीडी सेवा सञ्चालन गरी सेवा पु-याउने जनाएको हो । 

दुर्गम पहाडी जिल्लाहरुबाट समेत स्वास्थ्योपचार गर्न आउने बिरामीहरुको हितलाई विचार गर्दै प्रतिष्ठानले ओपीडी खुला गरेर सेवा दिने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले जानकारी गराउनुभयो ।

हाललाई नियमित रुपमा आइतबार सेवा दिइने भएकोले सेवाग्रहीलाई सेवा लिन थापाले आग्रह गर्नुभएको छ ।

यसअघि, कान्ती बाल अस्पताल, प्रदेश अस्पताल सुर्खेत, आयुर्वेद चिकित्सालय नरदेवी, भरतपुर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोगलगायतका अस्पतालले पनि विभिन्न कारण देखाउँदै आइतबार  सार्वजनिक बिदा नदिने निर्णय गरेका छन् ।

वैशाख १३ गते मन्तिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले चैत २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

हप्तामा दुई दिन बिदा कार्यन्वयन भएपछि भने कार्यलय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ः३० देखि ५ः३० सम्म तोकेको छ । त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यलय समय ९ः३० देखि ४ः३० सम्म तोकेको छ ।

यस्तै, सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिइने राजपत्रमा उल्लेख गरेको छ ।