• १९ असार २०८१, बुधबार

कान्छीमाया महिला वडाध्यक्षमा निर्वाचित

blog

अमरराज नहर्की
तनहुँ, जेठ २ गते ।
तनहुँको स्थानीय तहमा पहिलो वडाध्यक्षको रुपमा कान्छीमाया तमाङ प्यानलसहित निर्वाचित हुनुभएको छ । भानु नगरपालिका–१ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको तामाङ निर्वाचित हुनुभएको हो । तामाङले ६७२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने नेकपा (एमाले)का प्रेमबहादुर लामाले ४६८ मत प्राप्त गर्नुभयो ।

यस अघिको २०७४ को स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजीत भएपनि यसपटक अध्यक्षमा तामाङले जीत हासिल गर्नुभयो । पराजीत लामा सो वडाको निर्वतमान वडाध्यक्ष हुनुहुन्छ ।

महिला सदस्यहरुमा नेपाली काँग्रेसकै टकमाया गुरुङले ७६५ मत दलित सदस्यमा सावित्रि सुनारले ७५१ मत, खुला सदस्यहरुमा तुलबहादुर गुरुङले ७४४ र विवेक श्रेष्ठले ७७६ मत प्राप्त गरी विजयी हुनुभयो । सोही वडाको साझबोटेस्थित परिवर्तनशिल महिला सामुदायिक विकास संस्था र सहकारीको नेतृत्व लिनुभएको तामाङ महिलालाई नेतृत्व क्षमतामा विकास गर्नुका साथै आयआर्जनको लागि सीपमूलक तालिम प्रदान गर्ने, बेरोजगार युवाहरुलाई उनिहरुको रुचि र क्षमता अनुसारको सीप मुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने तथा पशुपालन र कृषिलाई व्यावसायिक करण गर्ने पहल गर्ने प्रतिक्रिया दिनुभयो ।

साथै उहाँले भूमीहिन, अव्यवस्थित वसोबासीको समस्या समाधान गर्न प्राथमिकता दिने बताउनुभयो । कांग्रेसका तर्फबाट बन्दीपुर गाउँपालिका वडा नम्बर ४ मा सीता थापा र सोही पालिकाको वडा नम्बर ५ मा रीता तिवारीलाई उम्मेदवार बनाएको भए पनि पराजित हुनुभएको छ ।