• १६ भदौ २०८१, आइतबार

'द-बाङ द टुर'को पहिलो कन्सर्ट ठमेलमा, १० नेपाली कलाकारले प्रस्तुति दिने

blog

काठमाडौं, जेठ २ गते । 'द-बाङ द टुर' रिलोडेडको प्रि 'शो' ठमेलको एलओडी क्लबबाट सुरू हुने भएको छ । कार्यक्रममा सहभागी १० जना नेपाली कलाकारले आगामी बुधबार एलओडीमा प्रस्तुतिसमेत दिने बताइएको छ।

पहिलो 'शो' ठमेलमा नेपाली कलाकार सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सन्जु मोक्तान,  टुन्ना बेल्ला थापा,  प्रवेश कुमार श्रेष्ठ र समीर श्रेष्ठले एकसाथ प्रस्तुति दिनुहुनेछन् । 

कार्यक्रममा प्रवेश टिकट पाँच हजार रुपैयाँ लाग्ने छ । यस्तै, साेही टिकटले दशरथ रंगशालामा हुने द-बाङ टुरको 'शो' पनि हेर्न पाउनेछन् । 

बलिउड अभिनेता सलमान खानको जेठ १४ गते दशरथ रंगशालामा सांगीतिक कार्यक्रममा हुनेछ । सोही दिनको कार्यक्रममा सहभागी हुने नेपाली कलाकारले एलओडीमा प्रस्तुति दिन लागेका हुन् ।