• ६ जेठ २०८१, आइतबार

दार्चुलाका सबै स्थानीय तह प्रमुखमा कम्युनिष्ट विजयी

blog

लोकेन्द्र जोशी
दार्चुला, जेठ २ गते ।
दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको दार्चुलाका सबै पालिका प्रमुखमा कम्युनिष्ट पार्टीको वर्चश्व कायम भएको छ । चार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुई नगरपालिका र दुई गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।

मतगणना कार्य जारी रहेको व्यास गाउँपालिका अध्यक्षमा पनि एमालेकै मंगलसिंह धामीको अग्रता छ । जिल्लाभरी कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । माओवादीले नेतृत्व पाएका चार वटै गाउँपालिकामा गठबन्धन विजयी भएको छ भने कांग्रेसले नेतृत्व पाएका सबै पालिकामा प्रमुख पद गुमाएको छ । वडाहरुमा मिश्रित नतिजा प्राप्त भएको छ ।

शैल्यशिखर नगरपालिका प्रमुखमा एमालेका विजयसिंह धामी र उपप्रमुखमा शान्ति खडायत निर्वाचित हुनुभएको छ । नौ वडा रहेको शैल्यशिखरमा वडा नम्बर ६ बाहेक सबै वडामा एमाले उम्मेदवार विजयी भएका छन् । शैल्यशिखर–६ मा कांग्रेसका जगदीश धामी निर्वाचित हुनुभएको छ । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल (परदेशी), वडा नम्बर ३ मा पदमबहादुर चन्द, वडा नम्बर ४ मा रामसिंह ठगुन्ना, वडा नम्बर ५ मा जनक डागा, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशवदत्त जोशी र वडा नम्बर ९ मा प्रजावती पाण्डे एमालेबाट वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ । शैल्यशिखरमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित हुनुभएको छ मालिकार्जुनको वडा नम्बर १ मा एमालेका रमेस सिह वोहरा, वडा नम्बर २ मा एमालेका गणेस सिह धामी, वडा नम्बर ३ मा एमालेका मदन सिह धामी, वडा नम्बर ४ मा कांग्रेशका धन सिह धामी, वडा नम्बर ५ मा एमालेका मदन बहादुर चन्द, वडा नम्बर ६ मा कांग्रेशका गोकर्ण धामी, वडा नम्बर ७ मा कांग्रेशका बहादुर चन्द र वडा नम्बर ८ मा माओबादीका केशर सिह धामी वडाअध्यक्षमा निर्वाचित हुनुभएको छ ।

लेकम गाउँपालिकामा माओवादीका रामदत्त जोशी अध्यक्षमा विजयी हुनुभएको छ । उपाध्यक्षमा एमालेका माधवी जोशी विजयी हुनुभएको छ । गठबन्धनलाई पराजित गर्दै लेकमको वडा नम्बर १ मा नवराज पन्त, वडा नम्बर ३ मा सुरेशसिंह थापा, वडा नम्बर ५ मा बलदेबसिंह बोहरा र वडा नम्बर ६ मा हरिबहादुर साउँदले एमालेबाट वडामा जित हासिल गर्नुभएको छ । वडा नम्बर २ मा शिवराज जोशी र वडा नम्बर ४ मा महेन्द्रराज जोशी कांग्रेसबाट निर्वाचित हुनुभएको छ ।

मार्मा गाउँपालिका अध्यक्षमा माओवादीका जमनसिंह धामी र उपाध्यक्षमा सर्मीला सिंह निर्वाचित हुनुभएको छ । मार्माको वडा नम्बर १ मा माओवादीका कालुसिंह ठगुन्ना, वडा नम्बर २ मा माओवादीका अमरसिंह बिष्ट, वडा नम्बर ३ मा माओवादीका धिरेन्द्र धामी, वडा नम्बर ४ मा कांग्रेसका बिरसिंह धामी, वडा नम्बर ५ मा एमालेका सुरेन्द्र महता र वडा नम्बर ६ मा एमालेकै सन्तोषसिंह कोट्टारी विजय हुनुभएको छ ।

नौगाड गाउँपालिका अध्यक्षमा माओवादीका दलजितसिंह धामी विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना विजयी हुनुभएको छ । नौगाड गाउँपालिका वडा नम्बर १, ३ र ६ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । भने वडा नम्बर २, ४ र ५ मा नेकपा एमालेको विजय भएको छ । दुहुँ गाउँपालिकामा एमालेका नरेन्द्र बहादुर वडाल विजयी हुनुभएको छ । उपाध्यक्षमा कांग्रेसका शान्ति बम विजयी हुनुभएको छ । अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी बोहरा निर्वाचित हुनुभएको छ ।

महाकाली नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री बिष्ट निर्वाचित हुनुभएको छ । महाकाली नगरपालिका–१ मा एमालेका मोहन सिह महरा, वडा नम्बर २ मा एमालेकै शंकर सिंह डोबाल, वडा नम्बर ३ मा कांग्रेसका पदम सिह महरा, वडा नम्बर ४ मा एमालेका जगत चुनारा, वडा नम्बर ५ मा एमालेका दिलेन्द्रप्रसाद अवस्थी, वडा नम्बर ६ मा कांग्रेसका प्रेम बहादुर पाल, वडा नम्बर ७ मा एमालेका शोभान सिह रैखोला, वडा नम्बर ८ मा एमालेका भवान सिह धामी, वडा नम्बर ९ मा कांग्रेसका गजेन्द्र सिह कार्की विजयी हुनुभभएको छ । नौ वडा रहेको महाकाली नगरपालिकामा छ वडामा एमाले र तीन वडामा कांग्रेसले विजय प्राप्त गरेको छ ।