सङ्घीय संसद्को वर्षे अर्थात् बजेट अधिवेशन मङ्गलबार सुरु भएको छ । साविकमा वैशाख महिनाको तेस्रो सातादेखि प्रारम्भ हुनुपर्ने यो अधिवेशन यो पटक भने ढिला सुरु भयो । जेठ लागेपछि मात्र आरम्भ भयो । खासगरी देशका ७५३ स्थानीय तहमा वैशाख ३० गते निर्वाचन तोकिएका कारण संसद्को बजेट अधिवेशन व्यावहारिक कारणले ढिला भएको बुझ्न सकिन्छ ।
लोकतन्त्रलाई कार्यमूलक बनाई शासन प्रक्रियामा स्थानीय नागरिकको स्वामित्व स्थापित गर्न अघिल्लो शताब्दीदेखि विकेन्द्रीकरणलाई रणनीतिका रूपमा अभ्यासमा ल्याइयो । निर्णयकर्ता र सेवाग्राही (नागरिक)बीचको दूरी जति घट्छ, त्यसैको सापेक्षमा शास
कार्यसम्पादन र क्षमताका हिसाबले महिला पुरुषभन्दा कम हुँदैनन् । अझ हाम्रो हिन्दु समाजमा त नारीको विशेष महŒव र स्थान छ । वैदिककालमा नारी शक्ति (देवी)मार्फत राक्षसको वध गराएर देवताको र समग्रमा मनुष्य जातिको कल्याण गरेका प्रशस्तै घटना हिन्दु धर्मशास्त्रमा पढ्न पाइन्छ । यद्यपि हाम्रै समाजमा महिलालाई कमजोर पात्रका रूपमा प्रस्तुत गरिन्छ । घर चलाउन नारीको व्यवस्थापकीय क्षमतालाई उदाहरणीय मानिन्छ तर सामाजिक, राजनीतिक, आर्थिकलगायतका विषयमा भने नारीको क्षमतामाथि प्रश्न उठाइन्छ । यो महिलामाथिको विभेद हो, मानमर्दन हो ।
खाद्य उत्पादन एवं वितरण १. खाद्य सम्प्रभुता भनेको के हो ? लेख्नुहोस् । खाद्य उत्पादन एवं वितरणका सबै कार्यमा कृषकको आफ्नो पूर्णअधिकार तथा स्वतन्त्रता हुने अवस्थालाई खाद्य सम्प्रभुता भनिन्छ । यो कृषि उत्पादन एवं वितरण प्रणालीमा किसानले उपभोग गर्ने एवं अभ्यास गर्ने अधिकार हो । खाद्य उत्पादन र वितरणका कार्यमा किसानलाई स्वतन्त्र राख्दा खाद्य सम्प्रभुताको प्रत्याभूति हुने गर्दछ । खाद्य सम्प्रभुतामा किसानले देहाय बमोजिमका अधिकार राख्दछन् : – खाद्यसम्बन्धी नीति निर्माणमा सहभागी हुने,
लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उपाधि होड कायम राखेको छ । एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई २–१ गोलले हरायो ।
१. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ? मोहन सिटौला (पुरस्कार राशिः रु.२ लाख)
काठमाडौंको शंखरापुर नगरपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित चार हजार सात सय मतसहित विजयी हुनुभएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका र मकवानपुरगढी गाउँपालिका सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि मित्रराष्ट्र फ्रान्सका कार्यवाहक राजदूत लिला डेभराज्वलाउबीच भेटवार्ता भएको छ।
वैशाख ३० गते भएको निर्वाचनमा स्थगन भएका १७ जिल्ला, २८ स्थानीय तहका ४४ मतदानस्थल बाहेकबाट मत परिणाम आउने क्रम जारी रहेको छ।
काठमाडौं, जेठ ३ गते। भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ। हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उहाँलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो। भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ। नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गर्नुभएको हो। रासस
ताप्लेजुङका अधिकांश स्थानीय तहमा सत्ता गठबन्धन विजयी भएको छ। जिल्लाका नौमध्ये पाँच स्थानीय तहमा गठबन्धन दुवै मुख्य पद तथा दुई तहमा एक प्रमुख र एक उपप्रमुख पदमा विजयी भएको हो।
काठमाडौं महानगर प्रमुखमा ११ हजार ४२ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ। शाहको मत नेकपा (एमाले) का केशव स्थापितले ल्याउनुभएको मतभन्दा चार हजार ८ सयभन्दा बढी छ।
यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै सो जानकारी दिएको हो।
हरिकृष्ण ऐडीमुगु, जेठ ३ गते। मुगुको छायाँनाथ रारा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका विष्णु भाम निर्वाचित हुनुभएको छ। उपप्रमुखमा कांग्रेसकै पदमा ऐश्वर्य मल्ल निर्वाचित हुनुभएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो। प्रमुख पदमा उम्मेदवार भामले चार हजार ५९९ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का डम्बर रावलले तीन हजार ८ सय ६० मत ल्याउनुभएको छ। यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका मल्लले चार हजार ३२५ मत ल्याएर विजयी हुनुभएको छ। प्रतिद्वन्द्वी एमालेका टोमा लामाले ३ हजार ७३४ मत ल्याउनु भएको छ। कुल १४ वटा वडा रहेको छायाँनाथ रारा नगरपालिकामा कांग्रेसका उम्मेदवार नगर प्रमुख, वडा अध्यक्ष र सदस्य गरेर ३९ जना निर्वाचित भएका छन्।