• ६ मंसिर २०८२, शनिबार

माडीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

blog

माडीको बगहीमा भएको सवारी दुर्घटना । तस्बिर : बसन्त पराजुली

बसन्त पराजुली

नारायणगढ, मङ्सिर ६ गते । माडीको बगहीमा भएको दुर्घटनामा एक जनाको मृत्यु  भएको छ । माडी ठोरीबाट भरतपुरतर्फ जाँदै गरेको ठुलो मेट्रो डिलक्स बस गाडी नं. ०३–००१ ख २८८७ शनिबार  बिहान करिब ६ः१५ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्रयलय चितवनका प्रवक्ता रविन्द्र खनालका अनुसार मृतक माडी नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ६१ का फिरल महत्तो हुनुहुन्छ । अहिले शवलाई भरतपुर ल्याउने तयारी गरिँदै छ । दुर्घटनाका कारणबारे अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो ।

दुर्घटनापछि  बस अनियन्त्रित भएर सडकभन्दा बाहिर पल्टन पुगेको थियो । बस पल्टदा बसमा सवार दुई जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा माडी २ का पाँच वर्षका देवाश महत्तो र भरतपुर महानगर पालिका वडा नम्बर २७ का सुनिता महत्तो रहेका छन् । अहिले उहाँहरुको माडीस्थित बघौडा अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य छ ।