• ६ मंसिर २०८२, शनिबार

कला प्रदर्शनीमा हिमाली परम्पराको सुगन्ध

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ६ गते । नेपालको हिमाली क्षेत्रका मौलिक लोकसंस्कृति, लोकपरम्परामा आधारित  कलाको प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान र छोसर आर्ट्स मुस्ताङको संयुक्त आयोजनामा शुव्रmबार राजधानीमा आयोजित उक्त सामूहिक कला प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । प्रतिष्ठानका कुलपति हार्तम्छालीले ‘टे«सिङ दी हिमालय’ शीर्षकमा आयोजित कला प्रदर्शनीमा राखिएका चित्रकलाले लोकपरम्परा, मौलिक नेपालीपनको सुगन्ध र झलक भेटिएको बताउनुभयो । 

प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामाले प्रदर्शनीमा राखिएका चित्रकलामा हिमाली जनजीवनका अभ्यासमा रहेको परम्परागत ज्ञान प्रणालीमा आधारित कला सिर्जना गर्न कलाकार सफल भएको बताउनुभयो । उहाँले नेपालीको मौलिक पहिचान जोडिएका  र कम प्रचारमा आएका यस्ता सांस्कृतिक धरोहरलाई चित्रकलाकै माध्यमबाट भए पनि  संरक्षण तथा प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तामा हिमाली मौलिक कला हस्तान्तरणका लागि पाठ्यव्रmममा समावेश गर्न आवश्यक रहेको बताउनुभयो । छोसेर आर्ट्स मुस्ताङका निर्देशक छिरिङ फोन्जो गुरुङले काठमाडौँमा भइरहेका प्रदर्शनीमा हिमाली भेगको कला कम देखिएको र सबैको नजर नपुगेकाले सबैको ध्यान हिमाली कलामा जाओस् भन्ने उद्देश्य राखेर यस प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो । उहाँले अहिले चार जना कलाकार मिलेर गरिएको यो प्रदर्शनी आगामी दिनमा अझै बृहत् रूपमा गरिने जानकारी गराउनुभयो । क्युरेटर मीना लामाले प्रदर्शनीमा नितान्त हिमाली भेगको जनजीवनको आध्यात्मिक अभ्यास तथा सङ्घर्ष चित्रित गरिएको बताउनुभयो । उहाँले मुगु, डोल्पा, सिन्धुपाल्चोक र मुस्ताङको दैनिक जनजीवन, सङ्घर्ष समसामयिक पक्षको दृश्यचित्रमार्फत प्रस्तुत गरिएको बताउनुभयो ।

प्रदर्शनीमा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने कलाकारको कलाकृति रहेको छ, जसमा छिरिङ फोन्जो गुरुङ (मुस्ताङ) का २०, तेन्जिङ आङ्डाक गुरुङ (डोल्पा) का १७, धोर्जे गुरुङ लामा (मुगु) का १८ र पेम्बा शेर्पा (सिन्धुपाल्चोक) का नौ कलाकृति गरी ६४ कलाकृति रहेका छन् । मीना लामा क्युरेटर रहनुभएको प्रदर्शनीमा विशेष गरी ल्यान्डस्केप र थाङ्कालाई राखिएको छ । कार्यव्रmममा हिमाली क्षेत्रलाई प्रतिनिधित्व गर्ने स्याबु्रनाचलगायतका सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । प्रदर्शनी मङ्सिर ९ गतेसम्म चल्ने छ ।