• ६ जेठ २०८१, आइतबार

रौतहटको तीन वटा पालिकामा प्रमुख र उपप्रमुख निर्वाचित

blog

यादवराज पुरी
रौतहट, जेठ ४ गते ।
स्थानीय तह निर्वाचनअन्तर्गत रौतहटको तीन वटा पालिकामा प्रमुख र उपप्रमुख निर्वाचित भएका छन् ।

जिल्लाको दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार भिखारीप्रसाद यादव सात हजार ५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका धिरेन्द्रकुमार सिंहले तीन हजार ७०७ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा नेकपा एसकै राजकुमारी देवी पाँच हजार ८४२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसकी अर्चनाकुमारी यादवले तीन हजार १४९ मत प्राप्त पाउनुभयो । यस नगरपालिकाको ९ वटा वडामध्ये ७ वटा वडामा नेकपा एसका र वडा नम्बर १ र ९ मा नेपाली कांग्रेसका वडाअध्यक्ष विजयी हुनुभएको छ ।

यसैगरी, दुर्गाभगवती गाउँपालिकाको अध्यक्षमा माओवादीका शम्भु सिंह चार हजार २०४ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका अरुण साहले दुई हजार ९८२ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादीकी शिलादेवीले निकटतम प्रतिद्वन्दी कांग्रेसकी मन्जुदेवीलाई ३२२ मतान्तरले विजय हासिल गर्नुभयो ।

यस्तै, जिल्लाको परोहा नगरपालिकामा कांग्रेसका उम्मेदवार सेख वकिल दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँले छ हजार ८२३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार अरुणप्रसाद जयसवाल दुई हजार २३७ मतले पछाडी  पर्नुभयो ।

यस नगरपालिकाको उपप्रमुखमा कांग्रेसकी सुगन्धी गिरी दोस्रो पटक निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी विणाकुमारीले एक हजार ८१० मत प्राप्त गर्नुभएको छ ।