रुपन्देहीको देवदह नगरपालिकामा एमालेले जितेको छ । देवदहको मेयरमा पाँच दलीय गठबन्धनबाट मेयर उम्मेदवार काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका हिराबहादुर खत्रीलाई हराउँदै एमालेका ध्रुव खरेल विजयी हुनु भएको हो ।
मनरा सिस्वा नगरपालिकाको प्रमुख र उप प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सम्पन्न मतगणना परिणाम अनुसार मनरा सिस्वा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मोहन पाण्डेय र उप प्रमुखमा काँग्रेसकै शकुन्तला देवी विजयी हुनु भएको छ ।
राजन रावतहुुम्ला, जेठ ४ गते । पूनः मतदान कार्य भएको चङ्खेली गाउँपालिका–२ को महादेब मावि मतदान केन्द्रमा ८६ दशमलव ३७ प्रतिशत मत खसेको छ । बिबादपछि पुनः मतदान कार्य भएको सो केन्द्रमा शान्तिपुर्ण मतदान कार्य सम्पन्न भएको हो ।बिहान ७ बजेबाट सुुरु भएको मतदान कार्यमा मतदाताको उत्साहपुर्वक सहभागिता जनाउँदै मतदान कार्य सम्पन्न भएको छ । प्रमुुख जिल्ला अधिकारी सीता परियारकाअनुुसार पूनः मतदान भएको महादेब मावि मतदान केन्द्रमा ७८० मत खसेको छ । मतदाताको उलेख्य सहभागिता रहेको उहाँले बताउनुभयो । मतदान कार्य ६ बजेर ४० मिनेट जाँदासम्म भएको उहाँले बताउनुुभयो । कुुल खसेको मतमा ३९५ पुुरुष र ३८५ महिलाले मतदान गर्नुभएको छ । मतदान कार्य बेलुुका ५ बजेसम्म हुनुुपर्नेमा मतदाताहरु सो समयभित्र मतदानस्थलमा प्रवेश गरेकाकारण समय लम्बिएको छ ।उक्त मतदान केन्द्रमा ९०३ जना मतदाता रहनुुभएको छ । बैशाख ३० गते मतदानमा ३९० जनाले मात्र मत खसेको थियो । कम मत खसेको भन्दै गठबन्धन दलहरुले पुनः मतदान गर्नुपर्ने माग गरेका थिए । त्यसपछि निर्वाचन आयोग पुनः मतदान गर्ने निष्कर्षमा पुुगेको थियो । सो मतदान केन्द्रमा सुुरक्षा ब्यवस्था कडा पारिएको थियो । मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको सुरक्षा निकायले जनाएको छ ।
ललितपुरको तीन गाउँपालिकामध्ये बागमती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन र महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी विजयी हुनुभएको छ । कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा भने नेकपा (एमाले) का कृष्णमान लामा विजयी हुनुहुन्छ ।
काठमाडौं टोखा नगरप्रमुखमा नेकपा (एमाले) का प्रकाश अधिकारी विजयी हुनुभएको छ । अधिकारीले दश हजार ३४० मत ल्याउनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रजनी थापाले दश हजार १६६ मत पाउनुभएको छ ।
पछिल्लो मत परिणाम अनुसार दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका छवि लामा र कल्पना उप्रेती विजयी हुनुभएको छ ।
स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएसँगै धनकुटा जिल्लामा नेकपा एमालेले आफ्नो विरासत गुमाएको छ ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार तिलकराम लम्साल विजयी हुनुभएको छ ।
बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका गोविन्द्रबहादुर मल्ल थापा र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकला सार्की विजयी हुनुभएको हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।
लक्ष्मणदत्त पन्तमहेन्द्रनगर, जेठ ४ गते । कञ्चनपुरको महाकाली पारि रहेको एकमात्र पालिका दोधाराचाँदनी नगरपालिकामा एमालेले नगरप्रमुख र काँग्रेसले उपप्रमुखमा जित हासिल गरेको छ । प्रमुखमा विजयी एमालेका किशोरकुमार लिम्बुले ७ हजार १०४ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी काँग्रेसका गोपालदत्त भट्टले ६ हजार १७२ मत प्राप्त गर्नुभयो । कैची चुवाउचिन्ह लिएर चुनावी मैदानमा आउनुभएका स्वतन्त्रका उम्मेदवार भिमबहादुर कुमाल एक हजार ९३४ मतका तस्रो स्थानमा उभिनुभएको छ । यसैगरी, उपप्रमुखमा ६ हजार ३६५ मत प्राप्त गरेर काँग्रेसकी गंगादेवी जोशी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेकी खिमा चन्दले ५ हजार ८२६ मत प्राप्त गर्नुभयो । माओवादीका उम्मेदवारले २ हजार ३४९ मत पाएका निर्वाचन अधिकृत कृष्णदत्त भट्टले बताउनुभयो । जम्मा १० वडा रहेको उक्त पालिकामा ६ वडामा एमाले, २ मा राप्रपा, १ वडामा काँग्रेस र १ वडामा माओवादीले जित हात पारेको छ ।
जिल्लाको लिखुतामाकोसी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
स्थानीय तह निर्वाचनमा वडा तहसम्म चुनावी एकता गरेका पाँच दलीय गठबन्धन अधिकांश स्थानीय तहमा सफल भएको छ । जिल्लाको १० वटा स्थानीय तह र ८५ वटा वडामध्ये अधिकांश पालिका र वडा गठबन्धनका साझा उम्मेदवारले जितेका हुन् ।
गत वैशाख २६ गतेबाट बन्द रहेको ल्याव सेवा पुनः सुुचारु भएको छ । स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी फिर्ता हुुँदा सेवा सुचारु भएको हो ।
स्थानीय तह निर्वाचनको अघि बुटवलको मिलनचोकमा प्रेसकुकर बम विस्फोट गराउने तीनजना पक्राउ परेका छन् । जेठ १ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।