नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका आठ बालबालिकालाई २०७८ सालको ‘नइ बाल पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बुधबार बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।
अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल २०२२’मा सहभागी हुने भएको छ । उहाँ मङ्गलबार फ्रान्सको पेरिसमा हुने फेस्टिभलमा सहभागी हुन जानुभएको छ । कान्स फेस्टिभलमा पन्त नेपालमा छायाङ्कन गरिएको फ्रेन्च चलचित्र ‘द एट माउन्टेन्स’को प्रतिनिधित्व गर्दै हुनुहुन्छ । “
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न तुइनबाट ढुवानी गरिँदै आएको छ । कर्णाली नदीमाथि पुल नभएपछि नयाँ तुइन निर्माण गरेर खाद्यान्न ढुवानी गर्न थालिएको हो । कम्पनीको हुम्ला शाखा प्रमुख कृष्णप्रसाद आचार्यले जिल्लाका लागि निर्धारित कोटाको खाद्यान्न चङ्खेली र सर्केगाड गाउँपालिकाको सलिसल्लाको क
प्युठानको मतगणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका नौ वटा पालिकामध्ये नेपाली कांग्रेसले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ ।
लालबन्दी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउने र प्रोत्साहन गर्ने नीतिगतसहितको तयारी भइरहेको बताउनुभएको छ।
दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार नरुलाल चौधरी निर्बाचित हुनुभएको छ । चौधरीले सत्ता गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३३० मतले हराउँदै दोश्रो कार्यकालका लागि घोराहीको नगरप्रमुखमा विजयी हुनुभएको हो ।
कर्णाली प्रदेशको स्थानीय तह निर्वाचनको मतगणना करिब अन्तिम चरणमा छ । कर्णालीका ७९ पालिकामध्ये बुधबार दिउँसोसम्म ६५ पालिकाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म मतगणना सम्पन्न भएका सबै पालिकालाई आधार बनाएर हेर्दा नेपाली काँग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेपाल कम्युनिस्ट पार्टी (एमाले) तेस्रो स्थानमा देखिएका छन् । काँग्रेसले २९, माओवादीले १९ र एमालेले १० पालिकामा जित हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले तीन र स्वतन्त्र चार पालिकामा विजयी भएका छन् । पाँच पालिकाको मत सार्वजनिक
भेरी ज्ञानोदय क्याम्पस जाजरकोटको पुस्तकालय सहायक पदवाट राजिनामा दिएर राजनितीमा प्रवेस गर्नुभएका वीरबहादुर गिरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
मुलुकमा स्वदेशी तथा विदेशी लगानीमा ४५१ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा २८३ स्वदेशी र १६८ विदेशी नयाँ उद्योग दर्ता भएका हुन् । कोभिड–१९ को महामारी नियन्त्रणमा आएसँगै उद्योग दर्ता सङ्ख्या बढ्दै गएको हो
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । निर्वाचनको हालसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा सार्वजनिक भएको मत परिणाममा सत्तारूढ गठबन्धन अगाडि रहेको छ भने नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा ३० वर्षपछि नेपाली कांग्रेसका उम्मेदवार प्रमुखमा बिजयी भएको छ । भैरहवामा तीन दशक पछि कांग्रेसले आफ्नो विरासत फर्काउन सफल भएको हो ।
डिल्लीबजार वसन्तेश्वर महादेव मन्दिर छेउको किराना पसलका विमल थापाले छेवैमा थुपारिएका फोहोरको दुर्गन्धका कारण खाना, खाजा खान सक्नुभएको छैन । उहाँले भन्नुभयो, “राति पसल बन्द गरेर जाँदा सडकमा फोहोर खासै हुँदैन ।