• १३ साउन २०८१, आइतबार

गठबन्धनलाई हराउँदै घोराहीमा एमाले विजयी

blog

घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा विजयी हुनुभएका नरुलाल चौधरी र हुमा डिसी । तस्विरः लीलाधर वली

दाङ, जेठ ५ गते । दाङको घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार नरुलाल चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले सत्ता गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३३० मतले हराउँदै दोस्राे कार्यकालका लागि घोराहीको नगरप्रमुखमा विजयी हुनुभएको हो । 

विजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्नुभएको छ । पराजित शर्माले २६ हजार ३६८ मत प्राप्त गर्नुभएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ  । चौधरीले २०४७ को निर्वाचनमा पनि विजयी हुनुभएको थियो । 

त्यस्तै नगर उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी हुनुभएको छ । डिसीले गठबन्धनबाट काँग्रेसकाका उपप्रमुखका उम्मेदवार भूपबहादुर डाँगीलाई ४९ मतले हराउँदै विजयी हुनुभएको हो । बिजयी डिसीले तीन हजार ४०३ प्राप्त गर्दा डाँगीले तीन हजार ३५४ मत मात्रै प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहे पनि अन्तत नेकपा एमालेकी उम्मेदवार डिसी विजयी हुन सफल हुनुभएको हो । 

नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल रहेको घोराहीका वडा नं. १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा एमालेले जितेको छ भने गठबन्धनबाट काँग्रेसले १०,१३, १५ , १६ र १९ नम्वर र माओवादी केन्द्रले वडा नं. ९ जितेको छ ।


Author

लिलाधर वली