काठमाडौं, जेठ ५ गते । सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किनुभएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय झण्डा, बाजागाजासहित स्वागत गरिएको छ ।जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उहाँले 'इम्याजिन नेपाल एक्सिपिडिसन'मार्फत सर्वोच्च शिखर आरोहण गर्नुभएको थियो । ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उहाँले साङ्गीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । गायक लामाले सगरमाथाको टुप्पोमा पुग्दा आफ्नो आँखाबाट आँसु आएको बताउनुभयो । उहाँले भन्नुभयो, 'यसपटक मैले जलवायु परिवर्तनको विषयमा सन्देश दिन चढेको हुँ । कार्वन उत्र्सजन घटाउने सन्देश मेरो हो ।' यस्तै, उहाँले युवाहरुलाई सजग गराउनका लागि पनि सगरमाथा चढेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको विषयमा युवाहरु सजग हुन आवश्यक रहेको भन्दै लामाले टुप्पोमा पुग्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ५८० जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
ललितपुरको गोदावरी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जन विजयी हुनुभएको छ । उहाँले १९ हजार १७० मत प्राप्त गर्नुभएको हो । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का गम्भीरबहादुर रानाले १५ हजार २३२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजकुमार महर्जनले एक हजार ४८३ मत ल्याउनुभयो ।
प्यूठानका नौ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली काँग्रेसले २२ वडासहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दस वडासहित ३ पालिकामा प्रमुख र १ उपप्रमुखमा जित निकालेको छ।
नेपाली कांग्रेसका सांसद डा. मिलेन्द्र रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेका र सत्ता तथा प्रतिपक्ष दुवैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभएको छ ।
नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले स्वदेशमै रोजगारी अभिवृद्धि गर्ने नेपालको संविधानमा उल्लिखित नीति सरकारले अनुसरण नगरेको आरोप लगाउनुभएको छ ।
धनुषाको शहीदनगर नगरपालिका प्रमुखमा देशकै कान्छो नगर प्रमुखको रुपम परिचित मओवादीका उम्मेदवार उदयकुमार बरबरिया यादवलाई पछार्दै जनता समाज पार्टीका उम्मेदवार दिनेशप्रसाद यादव निर्वाचित हुनुभएको छ ।
रुपन्देहीको ओमसतीया गाउँपालिका एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार मन्जितकुमार यादव निर्वाचित हुनुभएको हो । उहाँले ४ हजार ८३१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी राप्रपाका तिलकसिंह कोईरालाले ३ हजार १३९ मत प्राप्त गर्नुभयो ।
काठमाडौं महानगरपालिका – ४ को वडा अध्यक्षमा नेकपा ९एमाले० का दिनेश महर्जन विजयी हुनुभएको छ । उहाँले चार हजार ६०४ मत प्राप्त गर्नुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम प्रसाद न्यौपानेले दुई हजार २८९ मत ल्याउनुभयो ।
सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म कार्यक्रम गरी भव्यरूपमा मनाउने निर्णय गरेको हो ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल जारी छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का चक्रपाणि अर्याल र उपप्रमुखमा रीता चौधरी विजयी हुनुभएको छ ।
दार्चुलाका नौ वटै स्थानीय तहमा निर्वाचित अध्यक्ष र प्रमुखहरुले बिहीबार शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दार्चुलामा जिल्ला न्यायधिस कोमलप्रसाद आचार्यले अध्यक्ष र प्रमुखहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।
खार्पुुनाथ गाउँपालिका केन्द्र याङ्चुु बजारमा मतगणनास्थल बाहिर कुटिएर घाइते भएका छत्तबहादुुर शाहीको मृत्युु भएको छ । उहाँको नेपालगंजस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्युु भएको हो ।
गोरखा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानामगर विजयी हुनुभएको छ । उपप्रमुख भने नेपाली काँग्रेसकी मसलीमायाँ थोकर (सपना पुन) ले जित्नुभएको छ । नगरप्रमुखमा विजयी रानाले ८ हजार ९६४ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजनराज पन्तले ७ हजार १०८ मत प्राप्त गर्नुभएको छ ।