• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगरपालिका–४ मा एमालेका महर्जन विजयी

blog

काठमाडौं,  जेठ ५ गते । काठमाडौं महानगरपालिका – ४ को वडा अध्यक्षमा नेकपा एमालेका दिनेश महर्जन विजयी हुनुभएको छ । उहाँले चार हजार ६०४ मत प्राप्त गर्नुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद न्यौपानेले दुई हजार २८९ मत ल्याउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका न्हुच्छे महर्जनले ७८१, नेकपा माओवादी केन्द्र का रमेशकुमार राईले २०१, जनता समाजवादी पार्टीका लक्ष्मी थापाले २७  र नेपाल मजदुर किसान पार्टीका राजकुमार श्रेष्ठले सात मत प्राप्त गर्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो वडाको महिला सदस्यमा एमालेका सन्ध्यादेवी खनाल तीन हजार ९४९ मतसहित विजयी हुनुभयो । 

एमालेबाट दलि महिला सदस्यमा कल्पना सार्की बयलकोटी तीन हजार ८३५ मतसहित, सदस्यद्वयमा नवीन मैनली तीन हजार ४५८ मतसहित र सरु अधिकारी तीन हजार २६७ मतसहित विजयी हुनुभएको छ ।