• १९ असार २०८१, बुधबार

ओमसतीयाको अध्यक्षमा एमालेका यादव र उपाध्यक्षमा काँग्रेसकी चौधरी विजयी

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), जेठ ५ गते । रुपन्देहीको ओमसतीया गाउँपालिका एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार मन्जितकुमार यादव निर्वाचित हुनुभएको हो । उहाँले ४ हजार ८३१ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्दी राप्रपाका तिलकसिंह कोईरालाले ३ हजार १३९ मत प्राप्त गर्नुभयो । 

त्यस्तै उपाध्यक्षमा भने नेपाली काँग्रेस उम्मेदवार सुनिता चौधरी निर्वाचित हुनु भएको छ । ४ हजार १३९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी राप्रपाकी चित्रलेखा थारुले ३ हजार ४५५ मत प्राप्त गर्नुभयो । 

ओमसतीया गाउँपालिका वडा नं. १ को अध्यक्षमा राप्रपाका बेलबहादुर बराल, २ को अध्यक्षमा काँग्रेसका सितल जिटी, ३ को अध्यक्षमा काँग्रेसकै प्रकाश सिंह, ४ को अध्यक्षमा काँग्रेसका अखिलेश्वर कुमार पाण्डे, ५ को अध्यक्षमा काँग्रेसका मदनप्रसाद पोखरेल र वडा नं. ६ को अध्यक्षमा माओवादी केन्द्रका शिवकुमार धोवी विजयी हुनु भएको छ ।