• ५ जेठ २०८१, शनिबार

पालुङटार नगरपालिकामा माओवादी केन्द्रका चिन्तन र पाण्डे विजयी

blog

नरेन्द्र ढकाल

गोरखा, जेठ ५ गते । गोरखाको पालुङटार नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगर पालुङटारमा जनता समाजवादी पार्टी र एमालेको गठबन्धनलाई हराउँदै माओवादी विजयी भएको हो । 

माओवादी केन्द्रका विवश चिन्तनले ६ हजार ७२ मत ल्याउँदै नगरप्रमुख चुनिनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याउनुभएको छ । 

निवर्तमान मेयरसमेत रहेका नेपाली काँग्रेसका इ. दीपकबाबु कँडेल तेस्रो हुनुभएको छ । उहाँले जम्मा ४ हजार ९९७ मत प्राप्त गर्नु भएको छ । नेकपा एमालेका हरि भट्टलाई पनि ९४१ मत ल्याउनुभएको छ । 

यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेकी छोरी बन्दना पाण्डेले ५ हजार ५७९ मत ल्याउनुभएको छ । उहाँकी निकटतम प्रतिस्पर्धी काँग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत प्राप्त गर्नुभएको छ । जसपा एमाले गठबन्धनकी उम्मेदवार एमालेकी पार्वतीदेवी पाठक भने ४ हजार २८१ मतका साथ तेस्रो हुनुभएको छ । 

१० वटा वडा रहेको पालुङटारमा माओवादी केन्द्रले ४ वटा, नेपाली काँग्रेस र जसपाले ३÷३ वटा वडाअध्यक्ष जितेको छ । माओवादीले २, ४, ७, १०,  जसपाले १, ५, ८ र माओवादीले ३, ६, ९ नम्बर वडाको अध्यक्ष जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।